भोटेकोशीमा अन्तर्राष्ट्रिय जलयात्रा प्रतियोगिता हुँदै « Khabarhub

भोटेकोशीमा अन्तर्राष्ट्रिय जलयात्रा प्रतियोगिता हुँदै


६ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय जलयात्रा प्रतियोगिता मङ्गलबारदेखि सिन्धुपाल्चोकको भोटेकोशी नदीमा हुने भएको छ ।

नेपाल एशोसियशन अफ र्‍याफ्टिङ एजेन्सीज (नारा)को आयोजनामा आगामी मङ्सिर १० गतेदेखि १२ गतेसम्म अन्तर्राष्ट्रियस्तरको ‘१८ औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज–२०१९’ प्रतियोगिता हुने भएको हो ।

नाराले आज पत्रकार सम्मेलन गरी साहसिक जलयात्रामार्फत मुलुकको पर्यटन प्रवर्द्धनका लागि अन्तर्राष्ट्रियस्तरको र्‍याफ्टिङ तथा कायाक प्रतियोगिता गर्न लागेको जानकारी दिएको हो ।

सालोलम, बोटर क्रस र डाउन रिभर रेस गरी तीन विधामा कायाक प्रतियोगिता तथा कर्पोरेट हाउसलाई सहभागी गराएर एक विधामा समूहगत र्‍याफ्टिङ रेस प्रतियोगिता गराइनेछ ।

सरकारले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन लिएको उद्देश्यअनुरूप विदेशी पर्यटक नेपाल भित्र्याउन नेपालको साहसिक जलयात्रा व्यवसायलाई विश्व बजारमा प्रचारप्रसार र प्रवर्द्धन गर्न प्रतियोगिताले सहयोग पुग्ने आयोजकले अपेक्षा लिएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७६, शुक्रबार  ९ : ४५ बजे

विराटनगर महानगरले राजवंशी र कँडेललाई नगदसहित सम्मान गर्ने

काठमाडौँ – विराटनगर महानगरपालिका निवासी क्रिकेटर ललित राजवंशी र दीपेश

आठ महिनामा दुई सय चौध दुर्घटना

चितवन – चालु आर्थिक वर्षको आठ महिनामा जिल्लामा दुई सय

सरकारी कामकाजमा तामाङ र नेवारी भाषाको प्रयोगबारे छलफल सुरु

काठमाडौँ – नेवारी र तामाङ भाषाको बाहुल्य रहेको बागमती प्रदेशमा

कामपाको न्यायिक समितिमा ७५ प्रतिशत घर बहालका उजुरी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले न्यायिक समितिमा सबैभन्दा बढी ७५ प्रतिशत

चीनका राष्ट्रपति सी र रुसका राष्ट्रपति पुटिन बीच भेट

काठमाडौँ – चिनियाँ राष्ट्रपति सी चिननफिङले सोमबार तीन दिने राजकीय