भोटेकोशीमा अन्तर्राष्ट्रिय जलयात्रा प्रतियोगिता हुँदै « Khabarhub

भोटेकोशीमा अन्तर्राष्ट्रिय जलयात्रा प्रतियोगिता हुँदै


६ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय जलयात्रा प्रतियोगिता मङ्गलबारदेखि सिन्धुपाल्चोकको भोटेकोशी नदीमा हुने भएको छ ।

नेपाल एशोसियशन अफ र्‍याफ्टिङ एजेन्सीज (नारा)को आयोजनामा आगामी मङ्सिर १० गतेदेखि १२ गतेसम्म अन्तर्राष्ट्रियस्तरको ‘१८ औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज–२०१९’ प्रतियोगिता हुने भएको हो ।

नाराले आज पत्रकार सम्मेलन गरी साहसिक जलयात्रामार्फत मुलुकको पर्यटन प्रवर्द्धनका लागि अन्तर्राष्ट्रियस्तरको र्‍याफ्टिङ तथा कायाक प्रतियोगिता गर्न लागेको जानकारी दिएको हो ।

सालोलम, बोटर क्रस र डाउन रिभर रेस गरी तीन विधामा कायाक प्रतियोगिता तथा कर्पोरेट हाउसलाई सहभागी गराएर एक विधामा समूहगत र्‍याफ्टिङ रेस प्रतियोगिता गराइनेछ ।

सरकारले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन लिएको उद्देश्यअनुरूप विदेशी पर्यटक नेपाल भित्र्याउन नेपालको साहसिक जलयात्रा व्यवसायलाई विश्व बजारमा प्रचारप्रसार र प्रवर्द्धन गर्न प्रतियोगिताले सहयोग पुग्ने आयोजकले अपेक्षा लिएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७६, शुक्रबार  ९ : ४५ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया