ब्राजिलियन रोनाल्डोका प्रशंसक जापानी मिनामिनोको बेलायत ‘उडान’ ! « Khabarhub

ब्राजिलियन रोनाल्डोका प्रशंसक जापानी मिनामिनोको बेलायत ‘उडान’ !


६ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जब एक खेलाडी खेलकुदमा लाग्छ शुरुमा उसले घरेलु क्लबबाट खेल्ने सपना देख्दछ । विस्तारै त्यो सामान्य लाग्न थाल्छ र उ महत्वाकांक्षी बन्दै राष्ट्रिय टोली ताक्छ । जब उ राष्ट्रिय टोलीमा पुग्छ, उसले अन्तर्राष्ट्रिय क्लबहरुबाट खेल्ने सपना देख्दछ ।

त्यसमा कति सफल हुन्छन् कति असफल । सानो ठूलो क्लबमा खेलिरहेकै हुन्छन् । खेलाडीहरु आफूलाई अब्बल सावित गर्न खोजिरहेकै हुन्छन् । यस्तै सपना देखेको थिए- जापानी फुटबलर ताकुमी मिनामिनोले ।

उनले जापानको एक गाउँबाट थालेको फुटबल संघर्ष अहिले जापानको राष्ट्रिय टोली हुँदै व्यावसायिक फुटबलका लागि बेलायतसम्म पुगिसकेको छ ।

मिनामिनोको चर्चा तव भयो जब उनी इङ्ग्लिस क्लब लिभरपुलमा आवद्ध भए । उनलाई अहिले ‘च्याम्पियन’ भन्न इङ्ग्ल्यान्डका पत्रपत्रिका हिचकिचाउँदैनन् । बिबीसीले लेखेको छ,‘ताकुमी मिनामिनो एक विजेता हुन् अर्थात, त्यो नभए पनि उनी जित्न चहान्छन् ।’

गत बिहीबार साढे ४ बर्षका लागि प्रिमियर लिगमा ३४ खेलसम्म अपराजित रहको लिभरपुलसँग सम्झौता गरेका उनको यो अहिलेसम्मकै ठूलो उडान हो ।

सानोमा हुँदा उनी फुटबल खेल्न चहान्थे । जब उनी फुटबलमा लागे उनले सधै फुटबललाई मात्रै माया गरे ।

मिनामिनो स्थानीय क्लबमा खेल्थे । तर, त्यहाँ उनी मैदानमा भन्दा धेरै बेञ्चमा बस्थे । उनले स्थानीय सेस्सेल कुमातोरिबाट खेले जबसम्म उनी केरेजो ओसाकामा आवद्ध भएनन् ।

युवा अवस्थामै उनले प्रशिक्षकलाई भनेका थिए,‘किन मलाई बेञ्चमा राख्छौं । मलाई फुटबल खेल्न देउ म फुटबललाई माया गर्छु ।’

अहिलेसम्म जापानी कुनै पनि खेलाडीले प्रशिक्षकसँग मलाई खेल्न देउ भनेर भगडा गरेको सुनिएको छैन । मिनामिनोले सानोमै भनेका थिए । जुन उनले अहिलेसम्म आइपुग्दा प्रमाणित गरेका छन् । कि उनी राम्रो खेल्न सक्ने र फुटबललाई माया गर्नै खेलाडी हुन् ।

मिनामिनो वेल्सको रेडबुल साल्जबर्ग खेल्ने पहिलो खेलाडी समेत हुन् ।

‘रोनाल्डोबाट प्रभावित’

अहिले विश्व फुटबलमा कुनै पनि खेलाडीका लागि पोर्चुगिज कप्तान क्रिष्टियानो रोनाल्डो र अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी प्रेणाका स्रोत बन्न सक्छन् ।

तर, मिनामिनो भने ब्राजिलियन पूर्व फुटबलर रोनाल्डोका प्रशंसक हुन् ।

रोनाल्डोले जापान सह आयोजक बनेको २००२ को विश्वकपमा सबैभन्दा धेरै गोल गरेका थिए । मिनामिनो उनको फिनिसिङ र ड्रिबिलिङ टेक्निकबाट प्रभावित रहेको बताए ।

रोनाल्डोले २४ बर्षको उमेरमा खेल्ने शैली अहिले मिनामिनोले पछ्याउने गरेका छन् । त्यतिमात्रै होइन लिभरपुलका नयाँ सदस्य मिनामिनो आफ्ना दाजु कान्टेबाट पनि प्रभावित रहेको बताएका छन् ।

उनका दाजु कुनै समय आफै फुटबल खेल्ने गर्थे तर, पछि उनले भाइलाई फुटबल खेल्ने माहोल बनाइ दिएर आफू टाढिएका थिए ।

मिनामिनोका लागि लिभरपुलमा स्थान बनाउन पनि गाह्रो नभएको बिबिसीको विश्लेषण छ । उनले रेडबुल साल्जबर्गमा रहँदा लिगमा ४२ गोल गरेर २० असिस्ट गरेका थिए ।

लिभरपुलबाट खेल्ने सपना पूरा भएको मिनिामिनोले बिहीबारै बताइसकेका छन् । तर, अब उनले लिभरपलका लागि मैदान उत्रिन गर्नु पर्ने संघर्षको बाटो खुल्नेछ ।

उनले आफूलाई कति प्रमाणित गर्न सक्छन् भन्ने समयले बताउँने छ ।

 

प्रकाशित मिति : ६ पुस २०७६, आइतबार  ६ : १४ बजे

निर्वाचनका लागि चीनले ४० लाख डलर बराबरको अनुदान दिने

काठमाडौं– चीन सरकारले आसन्न निर्वाचनका निम्ति ४० लाख अमेरिकी डलर

महेश बस्नेतले भने- म शासक होइन, जनताको सेवक बन्न आएँ

भक्तपुर- नेकपा (एमाले) का सचिव एवम् भक्तपुर क्षेत्र नं. २

साम्बाको उपचार स्वदेशमै सम्भव छ नेपाली चिकित्सक र स्वास्थ्यकर्मीलाई बेवास्ता नगरौँ : चिकित्सक संघ

काठमाडौं– नेपाल चिकित्सक संघले राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा

०४६ सालपछिका सबै काण्डको छानबिन हुन्छ : लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ०४६ साल पछिका

एक दिनमै साम्बालाई जुट्यो ५२ हजार न्युजिल्यान्ड डलर, रोकिन् थप सहयोग

काठमाडौं– राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाले आफ्नो