घरको बारीमा ९ फिट लामो अजिंगर फेला « Khabarhub

घरको बारीमा ९ फिट लामो अजिंगर फेला


६ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– सप्तरीको हनुमान नगर कंकालिन नगरपालिका–१ स्थित भारदहमा अजिंगर फेला परेको छ ।

स्थानीय सुधीर झाको घरको बारीमा करिब नौ फिट लम्बाइ भएको अजिंगर फेला परेको इलाका प्रहरी कार्यालय, भारदहले जनाएको छ । करिब २५ किलो तौल भएको अजिंगर झाको घरको बारीमा देखेपछि घरधनीले प्रहरीलाई खबर गरेका थिए ।

खबर पाए लगत्तै इलाका प्रहरी कार्यालय भारदहबाट खटिएको प्रहरी टोलीले अजिंगरलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए ।

उक्त अजिंगरलाई वन्यजन्तु आरक्षणको जिम्मा लगाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुई महिना अगाडि पनि सप्तरी जिल्लाको खाँडो नदीको किनारमा अजिंगर फेला परेको थियो ।

प्रकाशित मिति : ६ पुस २०७६, आइतबार  ५ : ४८ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो