विद्यार्थीका व्यथाः घाम ताप्दै परीक्षा दिनेदेखि आगो बालेर अध्ययन गर्नेसम्म « Khabarhub

विद्यार्थीका व्यथाः घाम ताप्दै परीक्षा दिनेदेखि आगो बालेर अध्ययन गर्नेसम्म


६ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- केही दिन यता बढेको जाडोका कारण मुलुकभरको जनजीवन प्रभावित बनेको छ ।

सवैभन्दा बढी वृद्ध वृद्धा र बालबालिका प्रभावित भएका छन् । अझ जाडोले विद्यार्थी पनि प्रभावित बनेका छन् । हिमाली क्षेत्रमा वार्षिक परीक्षा सञ्चालन भइरहेको हुँदा हिउँ पर्दा कठ्यांग्रिएर परीक्षा दिनु परेको छ भने घाम लाग्दा घुल्ला चौरमा घाम ताप्दै परीक्षामा सामेल हुने गेरका छन् ।

त्यस्तै तराईका जिल्लामा हुस्सु र शीतलहर चलेपछि केही सामुदायिक विद्यालयमा सार्वजनिक बिदा दिइएको छ भने कतै आगो बालेरै भए पनि विद्यार्थीहरुलाई पठनपाठनमा सामेल गराइएको छ ।

तीन क्षेत्रका पृथक तीन तस्वीर 

अत्यधिक चिसो बढेपछि डोल्पाको मुडकेचुला गाउँपालिका –१ स्थित नवज्योती आधारभूत विद्यालयको कक्षा ३ मा अध्ययनरत अमृता बोहरा विद्यालय बाहिर ढुङ्गामा बसेर घाम ताप्दै परीक्षा दिँदै ।
तनहुँको व्यास नगरपालिका–४ स्थित मदर्शा प्राथमिक विद्यालयका विद्यार्थी दिवा खाजा खाँदै । व्यास नगरपालिकाले पुस १ गतेबाट नगरक्षेत्रभित्र सञ्चालित ७५ वटा विद्यालयका बाल विकास र कक्षा १ का विद्यार्थीलाई दिवा खाजाको शुरुवात गरेको छ ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयामा रहेको असिग्राम माध्यमिक विद्यालयमा अध्ययनरत बालबालिका चिसो अत्यधिक बढेपछि विद्यालयमै आगोबालेर पठनपाठन गर्दै ।

प्रकाशित मिति : ६ पुस २०७६, आइतबार  ७ : ०७ बजे

 बाढीपहिरोले देशका विभिन्न सडक अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानका गएको बाढीपहिरोले विभिन्न

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

झापा– झापामा टिपरको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ

आठ घण्टापछि खुल्यो मुग्लिन-काठमाडौँ सडक

काठमाडौँ– पृथ्वीराजमार्ग अन्तर्गत चितवनको सिमलधारामा खसेको सुक्खा पहिरो पन्छाइएपछि नारायणगढ–काठमाडौँ

दाजुभाइको दीर्घायुको कामना गर्दै रानाथारू महिलाले मनाए तीज

कञ्चनपुर– छुट्टै पहिचान र मौलिक संस्कृति रहेको रानाथारू समुदायका महिलाहरूले

नाइमा मोबिलिटी एक्स्पोको आज सकिँदै

काठमाडौँ– काठमाडौँको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज