डा. कुँवर भन्छन्- बिहान खाली पेटमा मनतातो पानी पिउनु अमृत समान | Khabarhub Khabarhub

डा. कुँवर भन्छन्- बिहान खाली पेटमा मनतातो पानी पिउनु अमृत समान


६ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जाडो मौसम होस् या गर्मी मौसम नै किन नहोस् मानव शरीरका लागि पानी पहिलो प्राथमिकता हो ।

हामीलाई लाग्ने अधिकांश रोगहरु पानीका कारण लाग्ने गर्दछन् । पानी पिउँदा पनि धेरै समस्याको समाधान हुन्छ । अझ खाली पेटमा पानी पिउँनु स्वास्थ्यका लागि धेरै राम्रो हुने चिकित्सकहरु बताउँछन् ।

वरिष्ठ पेट तथा कलेजो रोग विशेषज्ञ डा. सन्दीपराज कुँवर भन्छन्– ‘यदि मानिस स्वस्थ रहने हो भने पहिले पेटलाई स्वस्थ राख्नुपर्छ ।’

मानिसका अधिकांश रोग खानपानबाटै उब्जिन्छन् । पेटलाई सबै कुरामा बचाउने हो भने अधिकांश प्राणघातक रोगबाट बच्न सकिने उनको भनाइ छ ।

पेट स्वस्थ्य बनाउन बिहानै मनतातो पानी पिउनु अमृत समान हुन्छ । खाली पेट पानी खाँदा स्वास्थ्यमा फाइदा हुने तथ्य सर्वप्रथम जापानमा प्रमाणित भएको हो ।

प्राय जापानीले बिहान उठ्नेवित्तिकै चार गिलास पानी खान्छन् । पानी खाएको आधा घन्टापछि मात्र ब्रेकफास्ट लिन्छन् । यो वाटर थेरापीले उनीहरुलाई सक्रीय र स्वस्थ रहन मद्दत गरिरहेको छ ।

खाली पेट पानी खाँदा करिब ९० प्रतिशत रोगबाट बच्न सकिन्छ । यसमा पनि मनतातो पानी उपर्युक्त हुने बताइन्छ । विहान मनतातो पानी पिउँदा पुग्ने फाइदा यस्ता छन्–

आन्द्रामा फ्लसः खाली पेट प्रशस्त पानी खाँदा पेटका विकार शौचमार्फत जाने र पेट सफा हुन्छ । यसले पाचन प्रणालीलाईपनि सहयोग गर्छ ।

तपाईलाई एक बिहानै शौच आउदैन भने कम्तिमा दुई गिलास मन तातो पानी खाली पेट खाँदा खुलेर शौच आउछ ।
शरिरका विकार फालिदिन्छ स् तपाई बाथरुम जाँदा शरिरका उत्तेजित र विकारलाई बाहिर फालिदिनुहुन्छ । जतिधेरै पानी पिउनुहुन्छ त्यति धेरै विकार शरिरबाट फाल्न सहयोग पुग्छ ।

भोक बढाउछः नियमित खाना खानु महत्वपूर्ण हुन्छ । तर भोक लागेन भने के गर्ने ? खाली पेट पानी पिउँदा तपाईको भोग जाग्छ ।
टाउको दुख्नबाट बचाउछ स् मानिसलाई बारम्बार टाउको दुख्नुको मुख्य कारण प्रर्याप्त पानी नपिउनु पनि एक हो । डिहाइड्रेसनको मुख्य लक्षण नै टाउको दुख्नु हो । तसर्थ बिहान उठ्नेवित्तिकै पानी खानु भयो भने यो समस्याबाट मुक्ति मिल्छ । टाउको दुख्नबाट बचाउनको अतिरिक्त यसले श्वासको दुर्गन्ध र अन्य व्याक्टेरियाको संक्रमणबाट जोगाउछ ।

कोलोन सफा गर्छः पानी पिउँदा कोलोन सफा गरिदिन्छ । एक गिलास पानी खाली पेट खाँदा कोलोनमा जम्मा भएको लेदो र विकार सफा गरिदिन्छ । कोलोन सफा भएमा शरिरलाई आवश्यक पोषक तत्व शोषण गर्न सहयोग पुर्याउछ । तपाईको कोलोन सफा भएमा समग्रमा सम्पूर्ण शरिर नै स्वस्थ हुन्छ ।

मेटाबोलिजमलाई तीब्र पार्छः यदि तपाईले डाइटिङ गर्दै हुनुहुन्छ भने खाली पेट पानी खानु उत्तम उपाय हो । पानी पिउँदा कम्तिमा पनि २४ प्रतिशतले मेटाबोलिजमलाई बृद्धि गर्छ ।

यसको अर्थ तपाईले चाँडो र प्रभावकारीरुपमा खाना पचाउन सक्नुहुन्छ । जसका कारण छोटो समयमा नै तौल घट्छ ।
उर्जा बढाउछ स् यदि तपाईलाई अल्छि लागेको छ भने एक गिलास पिउनुहोस । खाली पेट पानी खाँदा रगतका रक्त कोषिकालाई चाँडो बढ्न सहयोग पुर्याउछ । जति धेरै कोषिकाको बृद्धि हुन्छ त्यति नै धेरै शरिरमा अक्सिजन प्रबाह हुन्छ । जसका कारण शरीरमा उर्जा मिल्छ ।

अनुहारको छालामा चमक ल्याउछः खाली पेट प्रशस्त पानी खाँदा अनुहारको चमक बढाउँछ । शरिरमा जति बढी विकार र उत्तेजित तत्व हुन्छ त्यति नै तपाईको अनुहारको छाला नराम्रो बनाउँछ। तर प्रशस्त पानी खाँदा विकार हट्ने भएकोले अनुहारको सुन्दरतामा निखार आउछ ।

रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्छ स् समग्र स्वास्थ्यको लागि पानी नभई नहुने तत्व हो । शरिरमा तरल पर्दाथको सन्तुलनका लागि पनि पानी नभई हुँदैन । दिनहुँ खाली पेटमा पानी खाँदा रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्छ ।

प्रकाशित मिति : ६ पुस २०७६, आइतबार  ८ : ४८ बजे

पोखरा महानगरले भोलिदेखि सेवा सञ्चालनमा ल्याउँदै

गण्डकी– जेन-जी प्रदर्शनका क्रममा पोखरा महानगरपालिकाका अधिकांश कार्यालयका भवन क्षतिग्रस्त

कैलालीमा २२६ कैदीबन्दी कारागार फर्किए

अत्तरिया– कैलाली कारागारबाट भागेका २२६ जना कैदीबन्दी कारागार फर्किएका छन्

कर्णालीमा सरकारी तथा निजी १९ संरचना पूर्णरूपमा क्षतिग्रस्त

कर्णाली– कर्णाली प्रदेशमा सरकारी तथा निजी १९ वटा भौतिक संरचना

बागमती प्रदेशसभाका सभामुख पाठकले दिए राजीनामा

बागमती– बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले आज पदबाट राजीनामा दिएका

दशैँ नजिकिएसँगै नयाँ बसपार्कमा यात्रुको घुइँचो

काठमाडौं–  काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कमा यात्रुको घुइँचो लाग्न थालेको छ