पाल्पाको निस्दीमा निकालियो हावाबाट बिजुली « Khabarhub

पाल्पाको निस्दीमा निकालियो हावाबाट बिजुली


६ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा– पाल्पाको निस्दी गाउँपालिकाको मित्यालमा हावाबाट बिजुली बत्ती बालिएको छ ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र नेपालको रु एक करोड ८० लाख र गाउँपालिकाको रु ४२ लाख १३ हजार ८०० को लागतमा हावाबाट बिजुली निकालिएको हो ।

हावाबाट १५ किलोवाट र वायु तथा सौर्य ऊर्जा हाइब्रिड प्रणलीमार्फत १० किलोवाट गरी २५ किलोवाट क्षमताको बिजुली निकालिएको उपभोक्ता समितिका अध्यक्ष भुपिन्द्र सुनारी मगरले जानकारी दिए ।

करीब साढे दुई वर्षअघिदेखि शुरु भएको आयोजना अहिले सम्पन्न भएर घरघरमा बिजुली बत्ती बल्न थालेपछि यहाँका स्थानीयवासी खुशी भएका छन् ।

गाउँपालिकाको झ्याल्टुङ्ग, मौलाथर, रुप्सेभन्ज्याङ, काफल, गाउँपालिकाको कार्यालय, वडा कार्यालय, प्रहरी चौकी, गौरीशङ्कर मावि, मित्याल आधारभूत विद्यालय र मौलादेवी आधारभूत विद्यालयमा बिजुली बत्ती उपयोग भएको छ ।

विद्यालयका कामकाज गर्न विद्युत् सेवा पुगेपछि सजिलो भएको गौरीशङ्कर माविका प्रधानाध्यापक केशबहादुर सुनारी बताउँछन् । कृष्ण ग्रिल एण्ड इञ्जिनीयरिङ वर्क प्रालि विराटनगरमार्फत यहाँ विद्युत् उत्पादन गरिएको हो ।

उनका अनुसार यस आयोजनाबाट यहाँका करीब ८०० जनसङ्ख्या लाभान्वित हुनेछन् । बिहान ४ बजेदेखि ७ बजेसम्म र १० बजेदेखि राति ११ बजेसम्म विद्युत् लाइन सञ्चालन गरिएको छ ।

मित्यालको रुक्सेभन्ज्याङ डाँडामा दुई पङ्खा घुमाएर विद्युत् सेवा दिइएको छ । यसअघि निस्दी गाउँपालिकाको एउटा वडामा हावाबाट निकालिएको बिजुली प्रयोगमा ल्याइएको थियो । थप सेवा विस्तार गर्न दोस्रोपटक बिजुली उत्पादन गरी स्थानीयवासीलाई सुविधा दिइएको छ ।

प्रकाशित मिति : ६ पुस २०७६, आइतबार  १० : ४७ बजे

गोरखामा हुलाकमार्फत घरमै राहदानी

गोरखा- जिल्ला हुलाक कार्यालयमार्फत जिल्लाका ५५० जनाले घरमै राहदानी प्राप्त

इन्द्रजात्राका लागि गणेश, भैरव र कुमारीको रथ तयारी (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको हनुमानढोका दरबार क्षेत्र इन्द्रजात्राको तयारीले चहलपहल बढेको छ ।

कृष्णभीरमा खुल्यो ट्रयाक, भोलिदेखि नागढुंगा-मुग्लिन सडक खण्डमा पूर्ण रूपमा गाडी चल्ने

काठमाडौँ – बाढीका कारण अवरुद्ध पृथ्वी राजमार्गअन्तर्गत नागढुंगा–मुग्लिन सडक खण्डको

माइतीघरमा राति बस्न रोक, प्रहरीले हटायो महिनौँदेखि राखिएका टेन्ट (फोटो फिचर)

काठमाडौँ – काठमाडौँको माइतीघर मण्डलामा महिनौँदेखि टाँगिएका टेन्टहरू प्रहरीले हटाएको

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्।