नयाँ इन्जिनसहित नयाँ लुक्समा यामाहाको एमटी-१५ (विशेषता सहित) « Khabarhub

नयाँ इन्जिनसहित नयाँ लुक्समा यामाहाको एमटी-१५ (विशेषता सहित)


६ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

यामाहा मोटर्सले नयाँ इन्जिनसहित नयाँ लुक्समा एमाहाको एमटी–१५ मोटरसाइकल बजारमा ल्याउने तयारी गरेको छ ।

बीएस ६ इन्जिनमा आइएस फ्ल्युओ भर्मिलियन कलर अप्सनमा उपलब्ध हुने यो मोटरसाइकलमा नयाँ रेड अलोय ह्वील लगाइएको छ । यसको रियर साइडमा रेडियल टायर लगाइएको कम्पनीले जनाएको छ ।

मोटरसाइकलमा उपलब्ध बीएस ६, १५५.१ सीसी एचओएचसी लिक्वीड कुल्ड फोर भल्भ इन्जिनले १०००० हजार आरपीएममा १९.०५ बीएच पावरका साथै ८५०० सय आरपिएममा १४.७ एनएम टर्क उत्पादन गर्छ ।

यसको इन्जिनमा ६ स्पीड गियरबक्सको साथै स्टान्डर्ड स्लिपर क्लच लगाइएको छ । यसको लम्बाई २०२० एमएम, चौडाई ८०० एमएम, १०७० एमएम उचाई रिहेको छ भने १३३५ एमएमको ह्वीलवेश लगाइएको छ ।

एमटी १५ मा अगाडि टेलिस्कोपिक फर्क लगाइएको छ भने, यामाहा आर १५ भी ३.० मा उपलब्ध आलोय ह्वीलका साथै एमआरएफ ट्युबलेस टायर दिइएको छ ।

मोटरसाइकलमा बक्स टाइप स्विंगआर्मले एल्युनियम युनिट, डेल्टाबक्स फ्रेम, परिमार्जित न्यू बग आई एलइडी हेडल्याम्प, मस्कुलर फ्युल ट्यांक, लोअर टेल सेक्सन, फुल्ली डिजीटल इन्स्ट्रुमेन्ट क्लस्टर लगाइएको छ ।

नेपाली बजारमा बिक्री वितरण हुँदै आएको यो मोटरसाइकलको रेगुलर मोडलको मूल्य ४ लाख २९ हजार ९ सय रुपैयाँ रहेको छ । नयाँ इन्जिन युक्त मोटरसाइकलको मूल्य रेगुलर मोडलभन्दा केही महंगो हुनेछ ।

प्रकाशित मिति : ६ पुस २०७६, आइतबार  ५ : २३ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै