बीबीएलमा आजपनि लिए सन्दीपले विकेट « Khabarhub

बीबीएलमा आजपनि लिए सन्दीपले विकेट


६ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –बिग बास लिग (बीबीएल) क्रिकेटमा टिम मेलबर्न स्टार्सबाट खेलिरहेका नेपाली लेगस्पिनर सन्दीप लामिछानेले होर्बट हुरिक्यान्सविरुद्ध एक विकेट लिएका छन् ।

मेलबर्नले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याएको हुरिक्यान्सका लागि क्रिजमा टिकेर खेलिरहेका कालेब जेवेलको विकेट सन्दीपले लिएका हुन् ।

सन्दीपले कालेवलाई २१ बलमा २५ रन बनाएर खेलिरहँदा आउट गराएका हुन् ।

सन्दीपले उनलाई क्लिन्ट हिन्चिलिफको हातबाट क्याच गराएका हुन् । योसँगै बिग बासको यो सिजनमा सन्दीपको विकेट संख्या २ पुगेको छ ।
हुरिक्यान्सविरुद्ध सन्दीपको बलिङ सम्हालिएर गरिरहेका छन् । उनले २ ओभर बलिङ गर्दा मात्रै ५ रन खर्चेर १ विकेट लिएका छन् ।
ताजा अवस्थामा हुरिक्यान्सले ११ ओभर जारी रहँदा ६ विकेट गुमाएर ६२ रन बनाएको छ ।

प्रकाशित मिति : ६ पुस २०७६, आइतबार  १२ : ०८ बजे

टाइगर कप भलिबल : पर्वत, गण्डकी, पुलिस र एपिएफ विजयी

कास्की – पोखरा रङ्गशालामा शुक्रबारदेखि ‘टाइगर कप’ राष्ट्रिय तथा अन्तरराष्ट्रिय

क्यानडाले चीनसँग व्यापार सम्झौता गरे शतप्रतिशत करवृद्धि गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार क्यानडाले चीनसँग व्यापार

सुदूरपश्चिममा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि आइतबार हुन लागेको

नदी दायाँबायाँ भवन निर्माणसम्बन्धी अदालतको आदेशलाई सम्मान गर्छौं : सुनिता डङ्गोल

काठमाडौं – काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नदीको दायाँबायाँको

जङ्गलमा बास, जोखिमपूर्ण जीवन

कैलाली – कैलालीको चुरे गाउँपालिका-४ पनेरुगडास्थित जङ्गलको बीचमा विश्नादेवी महराको