शीतलहर र हुस्सुले विपन्नलाई सास्ती « Khabarhub

शीतलहर र हुस्सुले विपन्नलाई सास्ती


६ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- बाँकेमा शीतलहर शुरु भएपछि जनजीवन कष्टकर भएको छ । चिसो हावासँगै पानीको मसिनो थोपा र बाक्लो हुस्सु लागेका कारण अत्यधिक चिसो बढेपछि सर्वसाधारण घरबाहिर निस्कनसमेत सकेका छैनन् ।

शीतलहर र हुस्सुका कारण विपन्नलाई सास्ती भएको छ । अघिल्लो साता परेको वर्षापछि अत्यधिक जाडो बढेको छ ।

चिसोले बाँकेका अल्पसङ्ख्यक तथा विपन्न समुदाय सबैभन्दा बढी प्रभावित भएका छन् । चिडिमार, घँसियार, मगन्ता, कुचबधियालगायत गरीब समुदाय सबैभन्दा बढी प्रभावित भएका छन् । फुसले छाएका कच्ची घर, लगाउने लुगा र ओढ्ने, ओछ्याउने नभएकाले यो समुदाय सबैभन्दा बढी प्रभावित भएका छन् ।

चिसोले बिरामी, बालबालिका र वृद्धवृद्धा पनि प्रभावित भएका छन् । बालबालिका र वृद्धवृद्धालाई चिसोबाट जोगाउने उपायबारे सचेत गराउन प्रशासनले सार्वजनिक हितका लागि सूचना जारी गरेको छ । बाँकेका प्रजिअ कुमारबहादुर खड्काले न्यानो कपडा र आगो ताप्नका लागि दाउराको व्यवस्थापन गर्न स्थानीय तहसँग समन्वय गरिएको बताए ।

‘नेपालगञ्ज, कोहलपुरलगायत जिल्लाका विभिन्न चोकमा आगो ताप्ने व्यवस्था मिलाउन स्थानीय तहलाई भनेका छौँ,’ उनले भने । चिसो हावामा पानीको मसिनो थोपा खस्ने गरेको छ।

जल तथा मौसम विज्ञान विभाग, फिल्ड कार्यालय, नेपालगञ्जका प्रमुख पलबहादुर विश्वकर्माले गत मङ्गलबारदेखि शीतलहर शुरु भएको बताए ।

अधिकतम र न्यूनतम तापक्रमको अन्तर घट्दा जाडोको महसुस बढी भएको उनको भनाइ छ । दिनभर चिसो सिरेटो चलेपछि महत्वपूर्ण काममा मात्र सर्वसाधारण बाहिर निस्कने गरेका छन् । नेपालगञ्ज–१९ का प्रमोद गिरीले चिसो हावा चलेर अत्यधिक ठण्डी बढेपछि घरबाहिर निस्कन नै नसकेको बताए ।

चिसोले बिरामी, बालबालिका र बृद्धबृद्धालाई बढी समस्या भएको छ। मुटु, श्वासप्रश्वास, बाथरोगका बिरामीलाई समस्या भएको भेरी अञ्चल अस्पतालका मेडिसिन विभाग प्रमुख डा राजन पाण्डेले बताए ।

शीतलहर शुरु भएसँगै डिभिजन वन कार्यालय, नेपालगञ्जले दाउरा वितरण शुरु गरेको छ । नेपालगञ्ज नगरका प्रत्येक परिवारलाई प्रतिकिलो सात रुपैयाँका दरले एक क्विन्टल दाउरा प्रदान गरिएको डिभिजन वन कार्यालयका प्रमुख मोहन श्रेष्ठले बताए ।

प्रकाशित मिति : ६ पुस २०७६, आइतबार  १२ : ०९ बजे

 बाढीपहिरोले देशका विभिन्न सडक अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानका गएको बाढीपहिरोले विभिन्न

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

झापा– झापामा टिपरको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ

आठ घण्टापछि खुल्यो मुग्लिन-काठमाडौँ सडक

काठमाडौँ– पृथ्वीराजमार्ग अन्तर्गत चितवनको सिमलधारामा खसेको सुक्खा पहिरो पन्छाइएपछि नारायणगढ–काठमाडौँ

दाजुभाइको दीर्घायुको कामना गर्दै रानाथारू महिलाले मनाए तीज

कञ्चनपुर– छुट्टै पहिचान र मौलिक संस्कृति रहेको रानाथारू समुदायका महिलाहरूले

नाइमा मोबिलिटी एक्स्पोको आज सकिँदै

काठमाडौँ– काठमाडौँको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज