स्वास्थ्यकर्मी नै बिरामीका रक्तदाता ! « Khabarhub

स्वास्थ्यकर्मी नै बिरामीका रक्तदाता !


६ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला- जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी नै यहाँका बिरामीलाई समय–समयमा रगत दिन बाध्य भएका छन् ।

कर्णाली प्रतिष्ठानमा रगत अभाव भएका बेलामा कर्मचारीसमेत काम लाग्ने गरेका छन् । ‘प्रतिष्ठानमा निकै सिकिस्त बिरामी आउँछन् । रगत नपुग्दा मान्छेको ज्यान जोगाउनुपर्छ, रगत नपाइएको समयमा त्यसै टिक्न नसकिने भएकाले पटक–पटक रगत दिने गरेका छौँ’, प्रतिष्ठानको शल्यक्रिया थिएटरमा कार्यरत स्वास्थ्यकर्मी राजबहादुर खत्रीले भने । उनले अहिलेसम्म ६ वर्षमा २५ पटक रक्तदान गरिसकेको बताए ।

पातारासी गाउँपालिकाका–२ का रिउली बुढाको पाठेघर बाहिर बच्चा भएकाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सफल शल्यक्रिया भयो ।

शल्यक्रियापछि रगत अभाव भएकाले रगत नभेटिएपछि आफूले रगत दिएको खत्रीले बताए । खत्रीजस्तै अस्पतालका धेरै स्वास्थ्यकर्मी र कर्मचारी रगत अभावको पीडामा छटपटाइरहेका बिरामीका लागि रक्तदाता भएका छन् ।

त्यहाँका चिकित्सकदेखि कार्यालय सहयोगीसम्मले मिल्ने रक्त समूह भएमा बिरामीको पीडालाई मध्यनजर गर्दै पटक–पटक रगत दिइरहेका देखिन्छन् । प्रतिष्ठानले ब्लड बैंकसमेत सञ्चालन गरेको छ ।

आफ्नै ब्लड बैंक सञ्चालन गरेकाले केही सजिलो भएको प्रमुख विवेक पुन मगरले बताए । आजभोलि रगत खासै अभाव नभएको तर रगत दिएपछि राम्रो हुँदैन भन्ने मानसिकताले अस्पतालका कर्मचारीले बढी नै रगत दिने गरेको प्रयोगशाला इन्चार्ज पुनले जानकारी दिए ।

आफूले समेत १६ पटक रगत दिइसकेको पुनले बताए । यसैगरी अस्पतालका प्राविधिक, प्रशासनिकदेखि सबै कर्मचारीले पटक–पटक रगत दिएर बिरामीको ज्यान जोगाउने काम भएको छ ।

यस्तै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीले समेत प्रतिष्ठानका बिरामीका लागि ब्लड बैंक भएका छन् । कतिपय बिरामीलाई त स्थानीय प्रशासनका कर्मचारीले समेत रगत अभाव भएको समयमा रगत दिएको उदाहरण छन् ।

केही महिनाअघि प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले पनि रक्तदान गरेका थिए । एकपटक दिएको रगत ३५ दिनसम्म मात्रै मिति हुने भएकाले पनि समस्या हुने गरेको प्रयोगशाला प्रमुख पुनले बताए ।

सामाजिक अभियान तथा जनचेतना अभिवृद्धि गरेमा ब्लड बैंकमा रगत मौज्दात हुनसक्ने उनको भनाइ छ । कतिपय समयमा भने विभिन्न अभियानमा रगत दिने समाजसेवी व्यक्तिसमेत भेटिन्छन् ।

पटक–पटक प्राज्ञिक विद्यार्थी परिषद्ले समेत रक्तदान गर्दै आएको छ । पछिल्लो समयमा परिषद्का नौ विद्यार्थीले अस्पताललाई रक्तदान गरिएको अगुवा शारदा पछाईँले बताए ।

प्रकाशित मिति : ६ पुस २०७६, आइतबार  १२ : २७ बजे

शिक्षामा सीप : कला सिर्जनामा तिखारिँदै विद्यार्थीका क्षमता

काठमाडौं– काठमाडौँ महानगरपालिका-­७ चाबहिलस्थित मित्र आधारभूत विद्यालयका ३० विद्यार्थीले भित्तामा

काठमाडौंको वायु गुणस्तरमा सुधार, हल्चोकबाट यस्तो देखियो उपत्यका (तस्बिरहरू)

काठमाडौं– उपत्यकाको वायु गुणस्तरमा सुधार भएको छ । केहीदिन अघिमात्र

ऊर्जा बजारको अस्थिरता कम गर्न आपतकालीन तेल आपूर्ति सुरु हुने

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले एसिया र ओसियानिया क्षेत्रका सदस्य राष्ट्रहरूले

भारतको एक अस्पतालमा आगलागी : दश जनाको मृत्यु

एजेन्सी– पूर्वी भारतको एससीबी अस्पतालको आईसीयूमा आगलागी हुँदा ट्रामा केयर

बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका ५ जना बेपत्ता

काँक्रेविहार– बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका सुर्खेतका ५ जना