सकियो नेकपा स्थायी कमिटी बैठक, एमसीसीको जिम्मा सचिवालयलाई | Khabarhub Khabarhub

सकियो नेकपा स्थायी कमिटी बैठक, एमसीसीको जिम्मा सचिवालयलाई


६ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले केन्द्रीय कमिटी बैठक पुस २३ गतेदेखि गर्ने निर्णय गरेको छ ।

सात दिन सम्म चलेको नेकपाको स्थायी कमिटी बैठकले नेकपाले सचिवालय सदस्य वामदेव गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव पारित गरेको छ ।

केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटी बैठकले नेकपा केन्द्रीय कमिटी पुस २३ गतेदेखि गर्ने निर्णय गरेको छ ।

स्थायी कमिटी बैठकले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन परिमार्जन गरी सर्वसम्मतिले पारित गरेको छ ।

महासचिव विष्णु पौडेलले विधान संशोधनका लागि गरेको प्रस्ताव स्थायी कमिटीको आइतबारको बैठकले पारित गरेपछि अब केन्द्रीय कमिटीमा यो एजेन्डाबारे थप छलफल हुनेछ । केन्द्रीय कमिटी बैठकबाट पनि यो प्रस्ताव पारित भएमा गौतम उपाध्यक्ष हुनेछन् ।

त्यस्तै, कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भएकाले भारतको नक्सा अस्वीकार गर्दै त्यहाँबाट भारतीय सेना हटाउन पहल गर्ने र समस्या समाधान गर्न कूटनीतिक रुपमा गर्ने निर्णय पनि स्थायी कमिटी बैठकले गरेको छ ।

नेकपा केन्द्रीय कार्यलयको आफ्नै भवन बनाउने निर्णय पनि बैठकले गरेको छ। नेकपा बैठकमा विवादित बनेको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को समस्या समाधानको जिम्मा सचिवालयलाई दिने निर्णय स्थायी कमिटी बैठकले गरेको छ ।

पछिल्लो समय सडक दुर्घटना बढेकोमा चिन्ता व्यक्त गर्दै नेकपा स्थायी कमिटीले दुर्घटना न्युनिकरणका लागि ठोस योजना बनाइ कार्यान्वयनमा ल्याउन सरकारलाई पनि सुझाव दिएको छ।

प्रकाशित मिति : ६ पुस २०७६, आइतबार  ३ : १० बजे

२१ औं राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवस मनाइँदै 

काठमाडौं –२१ औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस  ‘विविध

रवि रातिनै पोखरा, चितवनमा कार्यकर्ताको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं – चितवनमा आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  प्रदर्शन

ल्यापटपबाट कसरी कमिन्छ पैसा ? विज्ञ भन्छन्- वार्षिक करिब एक अर्ब डलरको आईटी सेवा निर्यात हुन्छ

भर्खरै उपनिर्वाचन सकिएर नतिजा पनि सार्वजनिक भइसकेको छ । काठमाडौंको

कृषक बाहुल्य नेपाली परिवार : भान्सामा पाक्छ आयातित आलुप्याजको तरकारी

काठमाडौं – राष्ट्रिय कृषिगणना, २०७८ को नतिजाअनुसार नेपालका ६२ प्रतिशत

नेपाल चीन बिजनेस समिट, विदेशी लगानी बढाउन निरन्तर सुधारको प्रतिबद्धता

काठमाडौं– नेपालमा चिनिया लगायत विदेशी लगानी आकर्षित गर्न निरन्तर सुधार