सकियो नेकपा स्थायी कमिटी बैठक, एमसीसीको जिम्मा सचिवालयलाई « Khabarhub

सकियो नेकपा स्थायी कमिटी बैठक, एमसीसीको जिम्मा सचिवालयलाई


६ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले केन्द्रीय कमिटी बैठक पुस २३ गतेदेखि गर्ने निर्णय गरेको छ ।

सात दिन सम्म चलेको नेकपाको स्थायी कमिटी बैठकले नेकपाले सचिवालय सदस्य वामदेव गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव पारित गरेको छ ।

केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटी बैठकले नेकपा केन्द्रीय कमिटी पुस २३ गतेदेखि गर्ने निर्णय गरेको छ ।

स्थायी कमिटी बैठकले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन परिमार्जन गरी सर्वसम्मतिले पारित गरेको छ ।

महासचिव विष्णु पौडेलले विधान संशोधनका लागि गरेको प्रस्ताव स्थायी कमिटीको आइतबारको बैठकले पारित गरेपछि अब केन्द्रीय कमिटीमा यो एजेन्डाबारे थप छलफल हुनेछ । केन्द्रीय कमिटी बैठकबाट पनि यो प्रस्ताव पारित भएमा गौतम उपाध्यक्ष हुनेछन् ।

त्यस्तै, कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भएकाले भारतको नक्सा अस्वीकार गर्दै त्यहाँबाट भारतीय सेना हटाउन पहल गर्ने र समस्या समाधान गर्न कूटनीतिक रुपमा गर्ने निर्णय पनि स्थायी कमिटी बैठकले गरेको छ ।

नेकपा केन्द्रीय कार्यलयको आफ्नै भवन बनाउने निर्णय पनि बैठकले गरेको छ। नेकपा बैठकमा विवादित बनेको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को समस्या समाधानको जिम्मा सचिवालयलाई दिने निर्णय स्थायी कमिटी बैठकले गरेको छ ।

पछिल्लो समय सडक दुर्घटना बढेकोमा चिन्ता व्यक्त गर्दै नेकपा स्थायी कमिटीले दुर्घटना न्युनिकरणका लागि ठोस योजना बनाइ कार्यान्वयनमा ल्याउन सरकारलाई पनि सुझाव दिएको छ।

प्रकाशित मिति : ६ पुस २०७६, आइतबार  ३ : १० बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले