नर्सिङ संघको निर्वाचन: आज राति १२ बजे पछि प्रचारप्रसार गर्न नपाईने « Khabarhub

नर्सिङ संघको निर्वाचन: आज राति १२ बजे पछि प्रचारप्रसार गर्न नपाईने


६ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल नर्सिङ संघका उम्मेदवारहरुले आज (आइतबार) राति १२ बजेदेखि मतदानका लागि प्रचारप्रसार गर्न नपाउने भएका छन् ।

संघको नयाँ कार्य समितिका लागि बुधबार (पुस ९ गते) हुने लागेको निर्वाचनका लागि उम्मेदवारहरुले आज राति १२ बजेदेखि प्रचारप्रसार गर्न नपाईने निर्वाचन समितिले जनाएको छ ।

समितिले सूचना जारी गर्दै बुधबार बिहान ९ बजेदेखि ५ बजे मतदान कार्य हुने भएकाले आज राती १२ बजेदेखि कुनै पनि उम्मेदवार वा दलको पक्ष विपक्षमा मतदान गर्ने वा नगर्ने उदेश्यले प्रचार प्रचार गर्न नपाइने जनाएको छ ।

निर्वाचन समितिले आज राती १२ बजेदेखि मौन अवधि शुरु हुने भएकाले निवार्चनको प्राचारप्रसारका लागि सभा, जुलुस वा नारावाजी पूर्ण रुपमा निषेद गरेको जनाएको छ ।

निवार्चन समितिले मौन अवधिमा निवार्चनको प्रचारप्रसार गरेको पाइएका २५ हजार जरिवाना हुनसक्ने जनाएको छ । यस्तै बुधबार हुने संघको निर्वाचनमा मतदाताले संको सदस्याताको कार्ड अनिवार्य रुपमा ल्याउनुपर्ने जनाएको छ ।

संघको निर्वाचन समितिले यसअघि नै निर्वाचनको मतदान केन्द्रहरु तोकिसकेको छ । संघको १९ औं निर्वाचन काठमाडौं सहित २१ जिल्लामा एकैसाथ हुँदै छ ।

संघमा अध्यक्ष पदका लागि प्रगतिशीलको तर्फबाट मन कुमारी राई र पेसागत तर्फबाट मुना राना थापाको दुई प्यानल मैदानमा उत्रिएको छ ।

प्रगतिशील प्यानलबाट अध्यक्ष पदकी उम्मेदवार राईले १९ बुँदे घोषणापत्र र पेसागत प्यानलकी अध्यक्ष पदकी उम्मेदवार थापाले २१ बुँदे घोषणपत्र सार्वजनिक गरेका छन् ।

प्रकाशित मिति : ६ पुस २०७६, आइतबार  ४ : २९ बजे

मनिष खनाल : नवलपरासी-२ का २६ वर्षीय जेन-जी युवा अब ‘माननीय’

काठमाडौं- मनिष खनाल, २६ वर्षीय जेन-जी युवा । अब माननीय

सर्लाही-२ मा रास्वपाका महतो विजयी

बरहथवा– प्रतिनिधिसभा सदस्य निर्वाचनमा सर्लाही क्षेत्र नम्बर २ बाट राष्ट्रिय

पर्सा-३ मा रास्वपाका चौरसियाको फराकिलो अग्रता

वीरगञ्ज– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत पर्सा क्षेत्र नम्बर ३ मा राष्ट्रिय

सुनसरी–१ मा ४ हजार मतले अघि बढे माटोका हर्कराज साम्पाङ

सुनसरी– सुनसरी निर्वाचन क्षेत्र नम्बर १ मा श्रम संस्कृति पार्टी

जुम्लामा जितेर ज्ञानेन्द्रले जोगाए राप्रपाको संसदीय अस्तित्व, लज्जास्पद हारसँगै रास्वपाकी विनिताको जमानत जफत

जुम्ला- प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत एकमात्रै क्षेत्र रहेको जुम्लाबाट राष्ट्रिय प्रजातन्त्र पार्टी