विप्लव समूहको गोप्य अखडामा प्रहरीको छापा– बम बनाउँदै गरेका ५ जना पक्राउ « Khabarhub

विप्लव समूहको गोप्य अखडामा प्रहरीको छापा– बम बनाउँदै गरेका ५ जना पक्राउ


६ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह)का केही नेताहरु बम बनाउँदा बनाउँदै हतियारसहित पक्राउ परेका छन् ।

काठमाडौंको बुढानिलकण्ठस्थित विप्लव समूहको एउटा गोप्य कार्यालय (अखडा)मा छापा मारेर प्रहरीले ५ जना नेता/कार्यकर्ताहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीको विशेष ब्यूरोबाट खटिएको टोलीले विस्फोटक पदार्थ (बम) बनाउँदा बनाउँदै ५ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा विप्लव समूहको विद्यार्थी संगठनका केन्द्रीय सचिव सञ्जिव लामा, कोषाध्यक्ष तिलकबहादुर गुरुङ, केन्द्रीय कार्यालयका सचिव वकिल घर्तीमगर, त्रिलोचन विक र दूर्गाबहादुर तामाङ छन् ।

प्रहरीले पक्राउ परेकाहरुबाट केही थान बनाउँदै गरेको अवस्थाका विस्फोटक पदार्थ (बम) र बम बनाउन प्रयोग हुने उपकरण तथा कच्चा पदार्थ र एउटा पेस्तोल समेत बरामद भएको जनाएको छ ।

प्रकाशित मिति : ६ पुस २०७६, आइतबार  ४ : ४४ बजे

 बाढीपहिरोले देशका विभिन्न सडक अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानका गएको बाढीपहिरोले विभिन्न

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

झापा– झापामा टिपरको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ

आठ घण्टापछि खुल्यो मुग्लिन-काठमाडौँ सडक

काठमाडौँ– पृथ्वीराजमार्ग अन्तर्गत चितवनको सिमलधारामा खसेको सुक्खा पहिरो पन्छाइएपछि नारायणगढ–काठमाडौँ

दाजुभाइको दीर्घायुको कामना गर्दै रानाथारू महिलाले मनाए तीज

कञ्चनपुर– छुट्टै पहिचान र मौलिक संस्कृति रहेको रानाथारू समुदायका महिलाहरूले

नाइमा मोबिलिटी एक्स्पोको आज सकिँदै

काठमाडौँ– काठमाडौँको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज