विप्लव समूहको गोप्य अखडामा प्रहरीको छापा– बम बनाउँदै गरेका ५ जना पक्राउ | Khabarhub Khabarhub

विप्लव समूहको गोप्य अखडामा प्रहरीको छापा– बम बनाउँदै गरेका ५ जना पक्राउ


६ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह)का केही नेताहरु बम बनाउँदा बनाउँदै हतियारसहित पक्राउ परेका छन् ।

काठमाडौंको बुढानिलकण्ठस्थित विप्लव समूहको एउटा गोप्य कार्यालय (अखडा)मा छापा मारेर प्रहरीले ५ जना नेता/कार्यकर्ताहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीको विशेष ब्यूरोबाट खटिएको टोलीले विस्फोटक पदार्थ (बम) बनाउँदा बनाउँदै ५ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा विप्लव समूहको विद्यार्थी संगठनका केन्द्रीय सचिव सञ्जिव लामा, कोषाध्यक्ष तिलकबहादुर गुरुङ, केन्द्रीय कार्यालयका सचिव वकिल घर्तीमगर, त्रिलोचन विक र दूर्गाबहादुर तामाङ छन् ।

प्रहरीले पक्राउ परेकाहरुबाट केही थान बनाउँदै गरेको अवस्थाका विस्फोटक पदार्थ (बम) र बम बनाउन प्रयोग हुने उपकरण तथा कच्चा पदार्थ र एउटा पेस्तोल समेत बरामद भएको जनाएको छ ।

प्रकाशित मिति : ६ पुस २०७६, आइतबार  ४ : ४४ बजे

फरक क्षमताकी महिलालाई बलात्कार आरोपमा पक्राउ परे रास्वपाका पालिका सभापति

सोलुखुम्बु– राष्ट्रिय स्वतन्त्र पार्टीका एकजना गाउँपालिका सभापति फरक क्षमताकी महिलालाई

सेवाग्राही खोज्दै राजधानी पुगे वडाका जनप्रतिनिधि !

दोलखा– स्थानीय तहका जनप्रतिनिधि साउन लागेसँगै सहर केन्द्रित सेवाग्राही खोज्न

प्रचण्डको दाबी : केपी ओलीले एमसीसीको एक अक्षर पनि फेर्न नमानेपछि व्याख्यात्मक टिप्पणीको बाटो रोज्यौँ

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल

हिरोशिमामा आणविक बम विस्फोट भएको ८० वर्ष पूरा

काठमाडौं– संयुक्त राज्य अमेरिकाले हिरोशिमा शहरमा ८० वर्षअघि आणविक बम