क्युवामा चार दशकपछि प्रधानमन्त्री नियुक्त « Khabarhub

क्युवामा चार दशकपछि प्रधानमन्त्री नियुक्त


६ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

क्युवा– क्युवाका राष्ट्रपति मिगुएल दाएज केनलले दैनिक प्रशासनका काम हेर्नेगरी सिमित अधिकारसहित चार दशकपछि प्रधानमन्त्री नियुक्त गरेका छन् ।

राष्ट्रपति केनलले लामो समयसम्म पर्यटनमन्त्रीको जिम्मेवारी सम्हालेका मारेरो क्रुजलाई शनिबार पाँच वर्षका लागि प्रधानमन्त्री नियुक्त गरेको क्युवाको समाचार संस्था एसीएनले जनाएको छ ।

क्युवामा फिडेल क्यास्ट्रोपछि मारेरो प्रधानमन्त्री बनेका हुन् । क्यास्ट्रोले सन् १९७६ डिसेम्बरमा राज्यपरिषद्को प्रमुख भएपछि क्युवामा प्रधानमन्त्रीय प्रणालीलाई अन्त्य गर्दै आफू राष्ट्रपति बनेका थिए ।

एसीएनले भनेको छ, “क्रुजको नियुक्तिलाई क्युवाको नेशनल एसेम्लीको शनिबार बसेको बार्षिक अधिवेशनको अन्तिम बैठकमा सभाका ५९४ सदस्यहरूले एकमतले अनुमोदन गरेका छन् । क्युवाको कानून अनुसार कुनै पनि नयाँ नियुक्तिलाई सदर गर्न सभाको पूर्ण बहुमत आवश्यक पर्ने व्यवस्था रहेको छ ।

यसैगरी शनिबारको बैठकले नै उपप्रधानमन्त्री तथा मन्त्रीपरिषद्का अन्य सदस्यलाई पनि जिम्मेवारी दिएको छ ।

क्युवामा केनल राष्ट्रप्रमुख रहनुहुन्छ भने भूतपूर्व राष्ट्रपति तथा शक्तिशाली नेता राहुल क्यास्ट्रो कम्युनिष्ट पार्टीको प्रथम मन्त्री हुन् । उनीहरूबीच नै सरकार सञ्चालनको वास्तविक शक्ति निहित रहने गर्छ ।

क्युवाले तत्कालिन राष्ट्रपति फिडेल क्यास्ट्रोको पालामा प्रधानमन्त्रीलाई हटाएर मन्त्रीपरिषद् राष्ट्रपतिप्रति नै जिम्मेवार रहने कानूनलाई संशोधन गर्दै सन् २०१९ को फेब्रुवरीमा भएको राष्ट्रव्यापी मतदानद्वारा नयाँ संविधान निर्माण गरिएको थियो । यसै अनुरूप प्रधानमन्त्रीको नियुक्ति भएको हो ।

नयाँ सविधानमा पनि क्युवामा एक दलीय राजनीतिक व्यवस्थाको कल्पना गरिएको छ । यहाँको एक मात्र दलका रूपमा कम्युनिष्ट पार्टी रहेको छ र यसैको निर्देशनमा सरकारको नीति निर्माणको मार्गदर्शन हुने गर्छ ।

प्रकाशित मिति : ६ पुस २०७६, आइतबार  ३ : २९ बजे

कुकुरले बाख्रा मार्न थालेपछि बरङ्जावासी त्रसित

म्याग्दी – म्याग्दीको मङ्गला गाउँपालिका-३ बरङ्जामा सामुदायिक कुकुरले टोकेर बाख्रा

सेतो गवारोको सङ्क्रमण बढेपछि कफी किसान चिन्तित

गुल्मी- “लटरम्म फलेका कफीका बोटमा सेतो गवारो लाग्यो । वर्षौंसम्म

उष्ण लहरको चेतावनीपछि दुई आणविक रियाक्टर बन्द

पेरिस- फ्रान्सको मुख्य ऊर्जा प्रदायक कम्पनीले बिहीबार दुई आणविक रियाक्टर

डा. चेतना पौडेल पक्राउ प्रकरण : ‘नक्कली चिकित्सक’ कि प्राकृतिक चिकित्सा विज्ञ ?

काठमाडौं- आफूलाई चिकित्सक भन्दै बिरामीलाई भ्रममा पारेर उपचार तथा औषधि