साताको पहिलो दिन नेप्सेमा सामान्य सुधार « Khabarhub

साताको पहिलो दिन नेप्सेमा सामान्य सुधार


६ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- साताको पहिलो दिन आज धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक झिनो अङ्कले सुधार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १.१७ विन्दुले बढेर एक हजार १५०.८१ विन्दुमा पुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक ०.२५ विन्दुले घटेर २५१.५९ मा पुगेको छ । झिनो अङ्कले नेप्से सुधार भए पनि कारोवार रकम भने औसतमा सीमित रहेको छ । कूल १६७ कम्पनीका १४ लाख ८८ हजार ३०४ कित्ता शेयर रु ३७ करोड ४४ लाख ६६ हजार ४६५ मूल्यमा खरीद बिक्री भए ।

कारोवार भएका कूल १२ उपसमूहमध्ये आज छ उपसमूहको शेयर बढेको छ भने छ उपसमूहको शेयर भने घटेको छ । बैंकिङ ०.९२, व्यापार १०.४६, जलविद्युत् १.६, वित्त ३.०६, निर्जीवन बीमा २४.२ र जीवन बीमा ४३.७७ विन्दुले घटेको छ । यस्तै होटल ४४.६१, विकास बैंक ३.४९, उत्पादन ७०.३२, अन्य ५.८१, लघुवित्त १.४६ र सामूहिक लगानी कोष ०.०५ विन्दुले बढेको छ ।

कारोवारका आधारमा आज शिवम् सिमेन्ट शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु चार करोड ७६ लाख ८१ हजार ९३७ बराबरको शेयर कारोवार भयो । यस्तै एनएमबी बैंक रु तीन करोड ३३ लाख ६६ हजार ४६२, नेपाल बैंक रु दुई करोड ८३ लाख, नबिल बैंक रु दुई करोड ५९ लाख २५ हजार १४१, एनसिसी बैंक रु एक करोड ६३ लाख १० हजार १३८ र सूर्य लाइफ इन्स्योरेन्स कम्पनी रु एक करोड २३ लाख ३२ हजार ७६६ मूल्यमा कारोवार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार शिवम सिमेन्टका शेयरधनीले ९.७६ प्रतिशतले कमाउँदा पाँचथर पावर ९.६२, रिडी हाइड्रोपावर ४.२९, कर्णाली डेभलपमेन्ट बैंक ४.०८, देवः विकास बैंक ३.८८ र विजय लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३.७६ प्रतिशतले कमाए । त्यस्तै, नेपाल फाइनान्स ९.८१, अरुण काबेली ६.६६, माहुली सामुदायिक लघुवित्त वित्तीय संस्था ५.९ र सिनर्जी पावरका लगानीकर्ताले ५.५५ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : ६ पुस २०७६, आइतबार  ६ : ४७ बजे

जितुको फिल्म ‘आई एम जितबहादुर’मा दुई नायिका वर्षा र प्रियंका

काठमाडौं – कलाकार जितु नेपालले निर्माण घोषणा गरेको फिल्म ‘आई

कांग्रेस विशेष महाधिवेशन : प्रतिनिधिको नाराबाजीपछि सार्वजनिक भयो निर्वाचन तालिका

काठमाडौं- नेपाली कांग्रेसको तीन दिनदेखि काठमाडौंमा जारी विशेष केन्द्रीय महाधिवेशन

भरतपुरमा बृहत् चक्रपथ उद्‌घाटन

नारायणगढ–  देशको सबैभन्दा लामो महानगरस्तरीय बृहत् चक्रपथ भरतपुर महानगरपालिकाका विभिन्न

सबै राजनीतिक दल उत्साहका साथ निर्वाचनमा सहभागी हुनुपर्ने

झापा– विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले देशलाई विषम परिस्थितिबाट मुक्त

नयाँ नेतृत्वका लागि निर्वाचन अघि बढाउन प्रतिनिधिको दबाब, विशेष महाधिवेशनस्थलमा नाराबाजी

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनस्थल भृकुटीमण्डमा प्रतिनिधिहरूले नाराबाजी थालेका छन्