भ्रमण वर्षलाई राष्ट्रिय महोत्सवका रुपमा मनाऔं : मन्त्री भट्टराई « Khabarhub

भ्रमण वर्षलाई राष्ट्रिय महोत्सवका रुपमा मनाऔं : मन्त्री भट्टराई


६ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल भ्रमण वर्ष २०२० अभियानलाई राष्ट्रिय महोत्सवका रुपमा मनाउन सरोकारवाला निकायलाई अनुरोध गरेका छन् ।

भ्रमण वर्षको पूर्वतयारीका सन्दर्भमा आज शैक्षिक क्षेत्रका संस्थाहरुसँगको छलफलमा उनले भ्रमण वर्ष सबैको साझा अभियान भएकाले यसलाई देशकै महोत्सवका रुपमा मनाउन सहकार्य र समन्वयात्मक ढङ्गले अघि बढाउन जरुरी भएको उल्लेख गरे ।

उनले सन् २०२० लाई आधार मानेर नेपालको पर्यटनको एक दशकका रुपमा लिएर पर्यटन प्रवद्र्धनका साथै पर्यटकीय पूर्वाधारको कामलाई विशेष प्राथमिकताका साथअघि बढाइने उल्लेख गरे ।

मन्त्री भट्टराईले शैक्षिक क्षेत्रमा आबद्ध संस्थाको अन्तरराष्ट्रिय सम्पर्क सञ्जाल व्यापक रहेको हुनाले भ्रमण वर्षका गतिविधि र सम्बन्धित सामग्रीको प्रभावकारी प्रयोग गर्न आग्रह गरे । उनले विद्यालय तथा शैक्षिक संस्थामा भ्रमण वर्षको लोगो तथा ब्यानरले सजाएर वातावरण सिर्जना गर्न पनि आह्वान गरे ।

पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले राष्ट्रिय र अन्तरराष्ट्रिय रुपमा प्रभावकारी बनाउन शैक्षिक क्षेत्रको महत्वपूर्ण भूमिका हुने भन्दै भ्रमण वर्षकै दौरानमा सफाइ सचेतना अभियान पनि सञ्चालन गर्न शैक्षिक संस्थाहरुलाई आग्रह गरे । मन्त्रालय, भ्रमण वर्ष सचिवालय र नेपाल पर्यटन बोर्डले संयुक्त रुपमा आयोजना गरेको उक्त कार्यक्रममा उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान), निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन), नेपाल शिक्षक महासंघ, शैक्षिक परामर्श संघ लगायतका प्रमुख एवं प्रतिनिधिको उपस्थिति थियो ।

उपस्थित संस्थाका प्रतिनिधिले भ्रमण वर्षलाई राज्यले विशेष पर्वका रुपमा मनाइरहँदा उक्त महत्वपूर्ण कार्यक्रमा सहयोगात्मक भूमिका निर्वाह गर्न पाउँदा शैक्षिक संस्थाले ठूलो जिम्मेवारी महसुस गरेको भन्दै भ्रमण वर्षलाई सफल बनाउन हर तबरले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

शिक्षक महासंघका अध्यक्ष बाबुराम थापाले भ्रमण वर्षमा पाहुनाको आतिथ्य सत्कारदेखि सरसफाइलगायत काममा पनि शैक्षिक संस्थाको सहयोग रहने भन्दै हवाई तथा सडक यातायातलाई व्यस्थित बनाइनुपर्नेमा जोड दिनुभयो । प्याब्सनका उपाध्यक्ष गोपाल आचार्यले भ्रमण वर्ष अभियानलाई सफल बनाउन शैक्षिक संस्थालाई प्रभावकारी रुपमा परिचालन गरिने बताए ।

प्रकाशित मिति : ६ पुस २०७६, आइतबार  १० : ४४ बजे

सुशील कोइराला क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट सञ्चालन

नेपालगन्ज– बाँकेको खजुरा बजारमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा

मधेस प्रदेश सरकारद्वारा करिब ३३ अर्ब राजस्व सङ्कलन

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष (आव) २०८२–८३ मा लक्ष्यको

चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै

बागमती– हेटौँडा उपमहानगरपालिकाले दक्षिण एसियाकै पहिलो ऐतिहासिक सुरुङका रूपमा परिचित

‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह

काठमडौँ– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता

कञ्चनपुर जिल्ला अदालत : मुद्दा फर्छ्यौटमा सुधार

महेन्द्रनगर– कञ्चनपुर जिल्ला अदालतले आर्थिक वर्ष २०८२–८३ मा ६९.३४ प्रतिशत