दर्शकले कस्तो प्रतिक्रिया दिइरहेका छन् ‘आमा’ को ट्रेलरलाई? « Khabarhub

दर्शकले कस्तो प्रतिक्रिया दिइरहेका छन् ‘आमा’ को ट्रेलरलाई?


६ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘आमा’ को ट्रेलरले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको छ । यो समाचार तयार पार्दासम्म फिल्मको ट्रेलर नेपालको युट्युब ट्रेन्डिङमा दोस्रो नम्बरमा छ ।

सुरक्षा पन्त, मिथिला शर्मा, सरिता गिरी, देशभक्त खनाल, मनिष निरौला लगायतका कलाकारको शीर्ष भूमिका रहेको यो फिल्मलाई युट्युबमा राम्रो प्रतिक्रिया मिलेको छ ।

स्टोलन पिस नामक युट्युब प्रयोगकर्ताले कमेन्ट गरेका छन्, ‘दीपेन्द्र के खनाल फेरि ब्याक भएजस्तो छ, पशुपति प्रसादपछि उनीमाथि धेरै आशा थियो, ट्रेलर राम्रो छ ।’

युट्युब प्रयोगकर्ताले ट्रेलरले मन जितेको र आमा शब्दले नै धेरैको मन जित्ने प्रतिक्रिया दिएका छन् ।

‘यो फिल्म नेपाली फिल्ममध्ये सबैभन्दा राम्रो फिल्म हुनसक्छ,’ गणेश पोखरेलले लेखेका छन् । यस्तै अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘खासमा म नेपाली फिल्म त्यति मन पराउँदिन तर यो ट्रेलरमा केही दम छ जस्तो छ, आमा शब्दको अर्थ बोकेको छ जस्तो लागेको छ ।’

सविना लामिछानेले लेखेकी छिन्, ‘कस्तो राम्रो कलरिङ, विदेशी फिल्ममा जस्तो ।’

त्यसो त युट्युबमा सकारात्मक प्रतिक्रिया आउँदैमा हलमा दर्शकले साथ दिन्छन् भन्ने हुँदैन । यद्यपि यी प्रतिक्रियाले केही न केही प्रभाव भने पार्न सक्छ ।

शर्मिला पाण्डेको निर्माण रहेको यो फिल्ममा कथा र छायांकन दीपेन्द्र के खनालकै रहेको छ । दीर्घ खड्काले सम्पादन गरेको फिल्म फागुन ९ गतेदेखि नेपालभर प्रदर्शन हुँदैछ ।

यस्तो छ ट्रेलर:

प्रकाशित मिति : ६ पुस २०७६, आइतबार  ७ : ५१ बजे

स्वस्थानीका व्रतालु परदेश यात्रामा, पशुपतिमा पूजा (तस्बिरहरू)

काठमाडौं– एक महिने स्वस्थानी व्रत अनुसार व्रतालुहरूले परदेश यात्रा अन्तर्गत

गगन र निर्वाचन आयोगविरुद्ध मुद्दा लिएर सर्वोच्चमा देउवा पक्ष

काठमाडौं- दोस्रो विशेष महाधिवेशनबाट सभापति गगन थापा र निर्वाचन आयोगविरुद्ध

नेपालगन्जमा चौथो मःम महोत्सव सुरु

नेपालगन्ज– विभिन्न दुई सय प्रकारका मःमको स्वाद प्राप्त गर्ने गरी

सिंहदरबारमा बस्यो राष्ट्रियसभा बैठक (तस्बिरहरू)

काठमाडौं– गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलपछि

सुनको मूल्य निरन्तर बढ्दो, तोलामा दुई लाख ७७ हजार नाघ्यो

काठमाडौं– विवाहको याम सुरु भएसँगै सुनको मूल्य निरन्तर बढिरहेको छ