वैदेशिक रोजगारीका माध्यमबाट भ्रमण वर्षको प्रवर्द्धन गरिने « Khabarhub

वैदेशिक रोजगारीका माध्यमबाट भ्रमण वर्षको प्रवर्द्धन गरिने


६ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वैदेशिक रोजगारीको माध्यमबाट नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्धन गरिने भएको छ ।

वैदेशिक रोजगार व्यवसायीले विदेश जाने नेपालीलाई भ्रमण वर्षका प्रवर्द्धनात्मक टोपी, गन्जी, पोष्टर पम्पलेट अनिवार्य रुपमा उपलब्ध गराउने भएका हुन् ।

दैनिक करीब एक हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा जाने गरेका सन्दर्भमा विदेश जाने नेपालीलाई भ्रमण वर्षको प्रवर्द्धनात्मक सामग्रीसहित पठाउन लागिएको हो । भ्रमण वर्ष शुभारम्भ भएको दिनदेखि नै व्यवसायीले विदेश जाने नेपालीलाई भ्रमण वर्षको प्रचारप्रसार हुने सामग्री उपलब्ध गराउने छन् ।

यसैगरी व्यवसायीले आ–आफ्नो कार्यालयमा भ्रमण वर्षको प्रतीक चिह्न राख्नुकाका साथै ‘लेटरप्याड’, ‘भिजिटिङ कार्ड’ लगायत कार्यालयका सामग्री र इमेलमा पनि भ्रमण वर्ष २०२० लेखिएको प्रतीक चिह्न प्रयोग गर्ने नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका महासचिव सुजितकुमार श्रेष्ठले जानकारी दिए ।

सरकारले विभिन्न ११० मुलुकलाई संस्थागतरुपमा वैदेशिक रोजगारीका लागि खुल्ला गरेको छ । वार्षिक झण्डै पाँच लाख नेपाली वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पुग्ने गरेका छन् ।

भ्रमण वर्ष शुभारम्भका दिन व्यवसायीको तर्फबाट १०० जनाको पदयात्रा गर्ने तयारी अगाडि बढाइएको उनको भनाइ छ । यही पुस १६ गते दशरथ रङ्गशालाबाट भ्रमण वर्ष २०२० को शुुभारम्भ गरिँदै छ । सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने घोषणा गरेको छ ।

प्रकाशित मिति : ६ पुस २०७६, आइतबार  ८ : २९ बजे

किशोर श्रेष्ठ पक्राउ परेपछि उपसभामुखको विवादास्पद पोस्ट : ‘पत्रकारको भेषमा राक्षस हाे’

काठमाडाैं – पत्रकार किशोर श्रेष्ठ पक्राउ परेपछि प्रतिनिधिसभाकी उपसभामुख रूबी

शिक्षामन्त्री पोखरेलद्वारा न्यूरोविकाससम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवाबारे छलफल

काठमाडाैं – सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

युवा वर्गको चाहनाअनुसारको काम गरेर देखाउनुपर्ने छ : सभापति लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुकले

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौं – पत्रकार किशोर श्रेष्ठ बुधबार राति पक्राउ परेका छन्

नयाँ ठेक्काबाट घुमाउने पुल निर्माण हुन्छ : अर्थमन्त्री डा वाग्ले

तनहुँ – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले घुमाउने पुलको निर्माण कार्य