ल्होसारमा बिदा माग्दै गुरुङ समुदायद्वारा पोखरामा प्रदर्शन « Khabarhub

ल्होसारमा बिदा माग्दै गुरुङ समुदायद्वारा पोखरामा प्रदर्शन


६ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– पुस १५ गते तमु ल्होसारको दिन सार्वजनिक विदाको माग गर्दै पोखरामा गुरुङ समुदायले प्रदर्शन गरेका छन्।

पोखराको चिप्लेढुङ्गामा जम्मा भएर उनीहरूले मानव साङ्लो सहित प्रदर्शन गरेका हुन्।

तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदको केन्द्रीय समितिले सातै प्रदेशमा ल्होसारमा सार्वजनिक बिदाको माग गर्न दबाबस्वरुप मानव साङ्लो प्रदर्शन गरेको जानकारी दिए ।

प्रदर्शनमा उनीहरूले ल्होसारमा बिदा नदिए संघर्ष गर्ने चेतावनी दिए। तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषदका उपमहासचिव मनोज गुरुङले तमु ल्होसारमा दिइएको बिदा कटौती गरेर गुरुङहरूको संस्कृतिमा सरकारले दमन गरेको आरोप लगाए।

तमु धिं नेपालका कार्यवाहक अध्यक्ष हुमबहादुर गुरुङले सरकारले तमु समुदायको अधिकार खोसिएको गुनासो गरे। अघिल्लो वर्ष तमु ल्होसारमा कोगण्डकी प्रदेशमा बिदा दिइएको थियो।

प्रकाशित मिति : ६ पुस २०७६, आइतबार  ९ : ०० बजे

जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल

दाङ – नेकपा (एमाले) का महासचिव एवम् दाङ निर्वाचन क्षेत्र

तोलामा १० हजार चार सयले बढ्यो सुनको भाउ

काठमाडौं – स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ

६ पूर्वअर्थमन्त्री चुनावी दौडमा

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

बैतडीमा हातहतियार बुझाउन स्थानीयप्रशासनको निर्देशन

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण

भोजपुरको कुमाल बस्तीमा पिउने पानीको समस्या

भोजपुर– भोजपुरको षडानन्द नगरपालिका–६ मोथेटारस्थित कुमाल बस्ती स्वच्छ पिउने पानीको