भारतीय प्रधानमन्त्री मोदीलाई हिरो बनाउँदै फिल्म ‘पीएम नरेन्द्र मोदी’ ट्रेलर रिलिज | Khabarhub Khabarhub

भारतीय प्रधानमन्त्री मोदीलाई हिरो बनाउँदै फिल्म ‘पीएम नरेन्द्र मोदी’ ट्रेलर रिलिज


८ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हिन्दी फिल्म ‘पीएम नरेन्द्र मोदी’ को ट्रेलर सार्वजनिक गरिएको छ । द एक्सीडेन्टल प्राइम मिनिस्टरठाकरेपछि विशिष्ठ राजनेता नरेन्द्र मोदीमाथि फिल्म निर्माण गरिएको हो ।

फिल्ममा विवेक ओबरायले नरेन्द्र मोदीको भूमिका निभाएका छन् । ट्रेलरमा नरेन्द्र मोदीलाई हिरो बनाइएको देख्न सकिन्छ । प्रधानमन्त्रीको गेटअपमा देखिएका विवेक ओबरायको लूक पहिले नै भाइरल भएको थियो । उनको कामको पनि तारिफ भइरहेको छ ।

ट्रेलरमा पाकिस्तान र भारतको सीमायुद्धलाई समेत उठाइएको छ ।

ट्रेलरमा भारतीय प्रधानमन्त्री मोदीको जीवनका कैयन् किस्सा देख्न सकिन्छ । गुजराज दंगा, राजनीतिमा इन्ट्री, सन्यासी बन्ने यात्रा, राममन्दिर विवादजस्ता मुद्दालाई पनि फिल्ममा मुद्दा बनाइएको छ ।

भारतमा लोकसभाको चुनाव नजिकिँदै गर्दा यो ट्रेलर सार्वजनिक गरिएको हो । यो फिल्म ५ अप्रैलमा रिलिज हुँदैछ ।

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार  ९ : ३७ बजे

मकवानपुर सेनवंश र कोशीसँगको साइनो

श्री ५ पृथ्वीनारायण शाहले वर्तमान नेपालको रुप सं. १८२५ मा

प्रधानमन्त्रीबाट भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्‌घाटन

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बुद्धशान्ति गाउँपालिका, बुधबारेस्थित भागीरथा

टिमुरे भन्सारमा गाडीको बिजोक (तस्बिरहरू) 

काठमाडौं – रसुवा जिल्लास्थित नेपाल-चीन सीमानामा रहेको ल्हेन्दे खोलामा यही

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका