एएफसी यु–२३ च्याम्पियनसिप, ओमानसँग भिड्दै नेपाल « Khabarhub

एएफसी यु–२३ च्याम्पियनसिप, ओमानसँग भिड्दै नेपाल


८ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– एएफसी यू—२३ च्याम्पियनसिपको छनोट अन्तर्गत नेपालले शुक्रबार (आज) ओमानसँग आफ्नो पहिलो खेल खेल्दैछ । ओमानविरुद्ध नेपाली टोलीले दोहा स्पोर्टस् सिटीको एस्पायर–४ मैदानमा प्रतिस्पर्धा गर्नेछ ।

खेलअघिको पत्रकार सम्मेलनमा नेपालका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले बलिया टोलीबिरुद्ध नेपालले दवावमुक्त भएर खेल्ने बताएका छन् ।

‘फिफा बरियाता, पूर्वाधार, प्रदर्शन सबै हिसावले ओमान र कतारजस्ता टिम हामीभन्दा बलिया छन्, हामीले हाम्रो शतप्रतिशत दिएर खेल्दै सकारात्मक नतिजाको अपेक्षा गछौं,’ महर्जनले भने । यद्यपि, खेलाडीहरु घरेलु प्रतियोगितामा व्यस्त रहेका कारण लामो तयारी गर्न नपाएको पनि महर्जनको भनाइ छ ।

त्यस्तै, ओमानका प्रशिक्षक हमाद अजानीले टिममा नयाँ अनुहारको बाहुल्य रहेको बताउँदै उनीहरु सकारात्मक नतिजाका लागि उत्साही रहेको बताए । ‘छोटो तयारीका साथ हामी प्रतियोगिताका लागि आएका छौं,’ अजानीले भने, ‘टिममा धेरैजसो नयाँ अनुहार छन् । तर पनि हाम्रा खेलाडीहरु उत्साही छन् ।’
प्रशिक्षक अजानीले नेपाललाई कमजोर प्रतिस्पर्धीका रुपमा नलिएको बताए । उनले भने, ‘हामीले एसियन गेम्सका बेला जाकार्तामा नेपालको खेल हेरेका छौं, नेपाल पक्कै पनि कमजोर टिम होइन ।’

फिफा बरियातामा नेपाल १ सय ६१ औं स्थानमा छ । ओमान नेपालभन्दा ७१ स्थान माथि अर्थात ९० औं स्थानमा छ । यस्तै, यू–२३ को उमेर समूहमा नेपाल र ओमान पहिलोपटक प्रतिस्पर्धा गर्दैछन् ।

सन् २०२० को जनवरी ८ देखि २६ सम्म थाइल्याण्डमा हुने प्रतियोगिताका लागि छनोट चरणमा ११ समूह छन् । समूह ‘ए’ मा नेपालले ओमान, कतार र अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । ११ समूहबाट समूह विजेता र उत्कृष्ट पाँच उपविजेता गरी १५ टिम तथा आयोजक थाइल्याण्डले एएफसी यू२३ फाइनल चरणमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार  १० : ५७ बजे

टोखाबाट १९ लाख रुपैयाँ बराबरको धनमाल चोरी

काठमाडौं– टोखा नगरपालिका-३ बस्ने तिल सरा पुर्जाको घरबाट सुनका विभिन्न गरगहना

हत्या आरोपमा एकजना पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका-१० इखम्बु बस्ने ४७ वर्षीय लीला प्रसाद राईको हत्या

धोबी खोलो सफाइमा उत्रिए हर्कका समर्थक (तस्बिरहरू)

काठमाडौं– धरानबाट सुरु भएको हर्क साम्पाङको श्रमदान अभियान काठमाडौं प्रवेश

भानु नगरका शिक्षकलाई ‘एआई’ तालिम

तनहुँ– तनहुँको भानु नगरपालिका भित्रका विभिन्न विद्यालयमा सेवारत शिक्षकका लागि

प्रतिनिधिसभा सदस्य निर्वाचन : बैतडीमा एक हजार ४४२ कर्मचारी खटाइने

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि