भारतलाई पराजित गर्दै इतिहास रच्ला नेपाली टोली ? फाइनल ३ बजे « Khabarhub

भारतलाई पराजित गर्दै इतिहास रच्ला नेपाली टोली ? फाइनल ३ बजे


८ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– पाँचौ साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपाली महिला टोली र भारतीय टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । विराटनगरको सहिद मैदानमा आज (शुक्रबार) दिउँसो ३ बजे शुरु हुने खेलमा नेपाली महिला टोलीले भारतविरुद्ध जीत हात पार्दैै इतिहास रच्ने लक्ष्यमा रहेको छ ।

अहिलेसम्मका साफमा नेपाली टोलीको बाधक बनेको भारतलाई घरेलु मैदानमा हराउँदै ऐतिहासिक सफलता हात पार्ने नेपाली टोलीका मुख्य प्रशिक्षक हरि खड्काले बताइसकेका छन् । यद्यपि, खड्काले फाइनल ‘टफ’ हुने आशंका गरेका छन् । उनले आजको दिनलाई नेपाली टोलीको दिन भएको सकेत बताए ।

लगातार तीन खेलमा उत्कृष्ट लय देखाएको नेपाली महिला टोलीले भारतसँग पनि आफ्नो लय कायम राख्न्ुा पर्ने प्रशिक्षकले बताएका थिए । सन् २०१०, २०१२ र २०१४ गरी ३ पटक नेपाली महिला टोली साफको फाइनलमा पुगेको थियो । तीनै पटक नेपालका लागि तगारो बनेको थियो भारत ।

भारतमाथि जीत हात पार्न नेपाली टोलीले अन्य टोली भन्दा बढी मेहनत गर्नु पर्ने प्रशिक्षक खड्काले बताएका थिए ।

लगातार चार पटकको साफ च्याम्पियन भारत आफ्नो रेकर्डलाई कायम राख्ने योजनामा रहेको भारतीय प्रशिक्षक मायामोल रक्कीले बताएकी थिइन् ।

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार  ११ : २५ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह