दादुराका कारण फिलिपिन्समा ३१५ जनाको मृत्यु, हजारौँ प्रभावित « Khabarhub

दादुराका कारण फिलिपिन्समा ३१५ जनाको मृत्यु, हजारौँ प्रभावित


८ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मनिला– फिलिपिन्समा दादुराबाट प्रभावित हुनेहरुको संख्या यस बर्षको साढे दुई महिनामै २१ हजार ३ सय ९६ पुगेको छ ।

प्रभावित भएकामध्ये ३ सय १५ जनाको दादुराकै कारण मृत्यु भएको बिहीबार सार्वजनिक गरिएको आधिकारीक तथ्यांकले देखाएको छ ।

यो विवरण यस बर्षको जनवरी १ देखि मार्च १४ सम्मको भएको फिलिपिन्स स्वास्थ्य विभाग अन्तर्गतको इपिडिमियोलोजी शाखाका अधिकारीहरुले जानकारी दिएका छन् ।

उनीहरुका अनुसार प्रभावित भएकाहरूको र मृत्यु भएकाहरूको संख्या काभिट, लगुना, बातान्गास, रिजाल र क्वेजोनमा धेरै रहेको छ ।

ती सवै प्रान्तहरुमा गरेर कुल ४४ सय १ प्रभावित भएका थिए भने ८७ जनाको मृत्यु भएको अधिकारीहरुको भनाई छ ।

सवैभन्दा धेरै एकदेखि चार बर्षसम्मका उमेर समूहका मानिसमा दादुराको प्रभाव धेरै देखिएको छ । त्यस उमेर समूहका छ हजार १८० अर्थात् २९ प्रतिशत विरामी रहेका छन् । त्यसैगरी उक्त उमेर समूहबाट मृत्यु हुनेको संख्या पनि १४२ अर्थात् ४५ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार  ११ : ५७ बजे

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा- यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा

उपत्यकाका सडकमा सवारी चाप बढ्दै

काठमाडौँ- मान्यजनबाट विजया दशमीको टीका, जमरा र आर्शिवाद ग्रहण गर्न