‘साइँली’ ले दयाहाङको क्रेज फर्काउला ‍? « Khabarhub

‘साइँली’ ले दयाहाङको क्रेज फर्काउला ‍?


८ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – केही वर्षअघि दयाहाङ राईको एकछत्र राज थियो । उनका फिल्म हप्तैपिच्छे पनि आउन थालेपछि दर्शकलाई दयाहाङका फिल्म हेर्न वाक्क लाग्न थाल्यो । जे होस्, बीचमा केही समय भने उनका फिल्म दर्शकले हेर्न पाएका छैनन् । केही अघि हलमा रिलिज भएका फिल्मले पनि खासै दर्शकको क्रेज तान्न सकेनन् ।

अब भने दयाहाङलाई उनका फ्यानले फिल्म ‘साइँली’ मा देख्नेछन् । यो फिल्ममा उनीसँगै मुख्य भूमिकामा गौरव पहारी, केनिपा सिंह र मेनुका प्रधानको पनि भूमिका छ । फिल्ममा रामबाबु गुरुङको निर्देशन छ ।

आउँदो चैत्र १५ गतेलाई रिलिज मिति तोकेको यो फिल्ममा दयाहाङको क्रेज देखिएला त ? ट्रेलर हेर्दा भने दयाहाङलाई दर्शकले रुचाएका छन् । अर्कातिर यो फिल्मको ट्रेलरमा बोलेको एक संवाद यतिबेला सामाजिक सञ्जाल टिकटकमा पनि रुचाइएको छ ।

साथै उनी ‍फिल्म ‘जात्रै जात्रा’ मार्फत दर्शक सामुन्ने आउँदैछन् । दुवै फिल्मले दयाहाङले आफ्नो गुमेको क्रेज फिर्ता ल्याउने अनुमान गरिएको छ ।

यद्यपि यी फिल्ममा पनि उस्तै विषयवस्तु र उस्तै भूमिकामा दयाहाङलाई देख्न सकिन्छ । यो अर्थमा भने दयाहाङ राई केही दिन हल आउने र हराउने नहोलान् भन्न सकिन्न । यसै पनि यतिबेला फिल्म हलमा दर्शकको राम्रै खडेरी जो परेको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार  १२ : ११ बजे

पहिरोले साँफे-मार्तडी सडकखण्ड अवरुद्ध

बाजुरा – अविरल वर्षासँगै बाजुराको विभिन्न स्थानमा पहिरो खस्दा जिल्ला

भोटेकोशी बाढीः रसुवामा तीन हजार सम्पर्कविहीन

रसुवा – नेपाल र चीनकाे सीमा क्षेत्रबाट भोटेकोशी नदीमा गएको

चुमनुब्रीस्थित थेराङखोलाको बाढीले चार घर र पुलमा क्षति

गोरखा – जिल्लाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका–४ र २ भएर

एसिसी प्रिमियर कप : साउदीविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो खेलमा

न्युजिल्यान्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ को टोली टस जितेर ब्याटिङ गर्दै

काठमाडाैँ – अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले