सांसदहरुको प्रश्न– सडकको खाल्टाखुल्टी कहिले टालिन्छ ? « Khabarhub

सांसदहरुको प्रश्न– सडकको खाल्टाखुल्टी कहिले टालिन्छ ?


८ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ‌–  राष्ट्रियसभाका सांसदले देशका विभिन्न स्थानमा देखिएको सडक समस्याबारे सरकारको ध्यानाकर्षण गराएका छन् । सङ्घीय संसद्, राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसदले राजधानी र देशका अन्य स्थानमा समेत देखिएको सडकको खाल्टाखुल्टी र धुवाँधुलोको समस्या समाधान गर्न माग गरे ।

सांसद धनकुमारी खतिवडाले काठमाडौँको धुवाँधुलोको अन्त्य कहिले हुन्छ भनी सरकारसँग प्रश्न गरिन् । सांसद चन्दा चपाईँले सुर्खेत जिल्लामा देखिएको अस्पताल, विद्युत्लगायत समस्याबारे सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद प्रकाश पन्थले पोखरास्थित पृथ्वी राजमार्ग जीर्ण भएका कारण सडक दुर्घटना झन्झन् बढ्दै गएको हुँदा जतिसक्दो चाँडो समस्या समाधान गर्न आग्रह गरे । उनले ट्राफिक समस्या समाधान गर्दै वैकल्पिक व्यवस्था गर्नसमेत माग गरे ।

सांसद बलरामप्रसाद बाँस्कोटाले प्रदेश– ३ का हेटाैडा डालगायत स्थानमा देखिएको बर्डफ्लु र त्यसले पारेको सङ्क्रमण तथा किसानलाई परेको मर्काका बारेमा सरकारको ध्यानाकर्षण गराए ।

सांसद मुक्तकुमारी यादवले धनुष र सिरहा जिल्लामा रहेका पुल जीर्ण भएकाले पुनःनिर्माण र निर्माणका लागि पहल गर्नुपर्ने माग गरिन् ।  ।

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार  ४ : १३ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको