साफ च्याम्पियनसिपमा इतिहास रच्नबाट चुक्यो नेपाल | Khabarhub Khabarhub

साफ च्याम्पियनसिपमा इतिहास रच्नबाट चुक्यो नेपाल


८ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


विराटनगर– नेपाली महिला फुटबल टोली साफ च्याम्पियनसिपमा इतिहास रच्नबाट चुकेको छ ।

घरेलु मैदानमा उपाधि हासिल गर्ने ‘प्रशस्त संभावना’का बावजूद नेपालका लागि फेरि पनि भारत बाधक बन्यो । लगातार चौथो पटक फाइनलमा भारतसँग पराजित हुँदै नेपाल पाँचौं महिला साफ च्याम्पियनसिपमा उपविजेतामा सीमित हुन पुग्यो

शहीद रंगशालामा भएको भएको फाइनलमा नेपाल भारतसँग ३—१ गोलले पराजित भएको हो । नेपाल यसअघि पहिलो, दोस्रो  र तेस्रो  संस्करणको साफ च्याम्पियनसिपको फाइनलमा पुगे पनि भारतसँग पराजय भोगेर उपाधि चुम्नबाट चुकेको थियो ।

खेलको शुरुआतमा आक्रामक रुपमा मैदानमा उत्रिए पनि नेपालले अपेक्षित प्रदर्शन गर्न सकेन । खेलको २६ औं मिनेटमा डालिमा छिब्बरले गोल गर्दै भारतका लागि अग्रता दिलाए पनि त्यसको केही मिनेटमै नेपालका लागि फरवार्ड सावित्रा भण्डारीले उत्कृष्ट गोल गर्दै खेल बराबरीमा ल्याएकी थिइन् ।

पहिलो हाफसम्म १—१ गोल बराबरी खेलेको नेपाल दोस्रो हाफमा भने दुई खान पुग्यो । दोस्रो हाफको ६३ औं गोल गर्दै भारतले २—१ को अग्रता बनायो । भारतका लागि दोस्रो गोल ग्रेस दाङ्मेइले गरेकि थिइन् ।

हजारौं दर्शकले भरिएको सहिद रंगशालामा भारत लगातार आक्रामक बन्दै गएपछि नेपालको रक्षापङ्ती खुकुलो देखिएको थियो । त्यही अवसरको सदुपयोग गर्दै अञ्जु तामाङले ७६ औं मिनेटमा भारतका लागि तेस्रो गोल गरिन् । उनी दोस्रो हाफमा भारतका लागि सब्स्टीच्युट भएकी थिइन् ।

शुक्रबारको जीतसँगै भारत आफूलाई दक्षिण एसियाली महिला फुटबलको सर्वोच्च टोलीका रुपमा स्थापित गर्न सफल भएको छ । अघिल्लो महिना भारतमा भएको हिरो गोल्डकप फुटबलमा भारतलाई २—१ गोल अन्तरले पराजित गरेको थियो । साफमा भने भारत नेपालमाथि हावी हुँदै पाँचौ पटक उपाधि उचाल्न सफल भएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार  ४ : ५६ बजे

हिँड्दैछ एमाले सिरुपाते डाँडा काटेर…

काठमाडौं- दलहरू आगामी चुनावलाई लक्षित गरेर मिसन ०८४ अभियानको माहोल

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आजदेखि सुरु हुँदै

काठमाडौँ– नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला–२०२३ आजदेखि काठमाडौँमा सुरु हुँदैछ ।

एमालेको झुलाघाट–चिवाभञ्ज्याङ सङ्कल्प यात्रा बैतडीबाट सुरु

बैतडी– नेकपा (एमाले)को ‘‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ आज सुरु

अमेरिकाका पूर्वविदेशमन्त्री हेनरी किसिन्जरको निधन

काठमाडौँ– अमेरिकाका पूर्वविदेशमन्त्री हेनरी किसिन्जरको निधन भएको छ । बुधबार

उखु किसानले ३२ करोड अनुदान पाउन बाँकी

कञ्चनपुर– कञ्चनपुरका उखु किसान सरकारी अनुदानबाट वञ्चित छन् । उनीहरूले