हरिहरले खुलाए ‘शुभ लभ’ को भूमिका, ‘ए मेरो हजुर २’ बाट आएको थियो अफर ? « Khabarhub

हरिहरले खुलाए ‘शुभ लभ’ को भूमिका, ‘ए मेरो हजुर २’ बाट आएको थियो अफर ?


८ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘शुभ लभ’ बाट नेपाली फिल्म क्षेत्रमा डेब्यु गर्न लागेका कलाकार तथा ज्योतिष हरिहर अधिकारीले फिल्म ‘ए मेरो हजुर २’ मा पनि फिल्म खेल्नेबारे कुरा भएको खुलाएका छन् ।

ज्योतिष हुँदै फिल्म क्षेत्रसँग नजिक भएका हरिहर यतिबेला चैत्र १५ गतेबाट रिलिज हुन लागेको फिल्म ‘शुभ लभ’ का कारण चर्चामा छन् । यो फिल्ममा उनी एक ज्योतिषको भूमिकामा देखिनेछन् । आफू फिल्म क्षेत्रमा महानायक राजेश हमालका कारण नजिकिएको बताउँछन् हरिहर ।

‘संयोग नै भनौँ, राजेश हमालका कारण फिल्म क्षेत्रसँग पारिवारिक बनेँ, यही क्षेत्रका मान्छेसँग कुरा हुन थाल्यो,’ हरिहर भन्छन्, ‘चिया गफमा पनि फिल्म क्षेत्रका बारेमा कुरा हुन थाल्यो, साथीहरु पनि बन्न थाले ।’

आफू संयोगवश यो क्षेत्रमा आएको र फिल्मका कथा सुनाउँदै जाँदा निर्मातालाई फिल्म मन परेपछि आफूले ‘शुभ लभ’ लेखेको उनी बताउँछन् ।

फिल्म ‘शुभ लभ’ अभिनयका हिसाबले उनको पहिलो फिल्म भए पनि लेखनका हिसाबले उनले यसअघि ‘ए मेरो हजुर २’ मा काम गरिसकेका छन् ।

सो फिल्म लेख्दै गर्दा उक्त फिल्ममा पनि अभिनय गर्ने कुरा भएको तर आफू नखेलेको उनको भनाइ छ ।

‘अरु विधामा फिल्म बन्छन् भने ज्योतिषकै विषयमा पनि किन फिल्म नहोला भन्ने लागिरहेको थियो, एउटा चियागफमा फिल्मका बारेमा सुनाइरहेको थिएँ, निर्माता ज्यूहरुले फिल्म मन पराउनुभयो,’ हरिहर सुनाउँछन्, ‘यो फिल्मको भूमिका पनि मलाई नै सुहाउने भन्दै अफर आयो, व्यावसायिक रुपमा मेरो पेशा र भूमिका मिल्ने भएकाले फिल्ममा अभिनय गरेँ ।’

यो फिल्मलाई प्रदीप कुमार उदयले निर्माण गरेका हुन् । कलाकार हरिहर अधिकारीकै कथा रहेको यो फिल्मलाई सन्तोषबाबु लोहनीले निर्देशन गरेका हुन् । फिल्ममा हरिहरको अपोजिटमा कृष्टिन पौडेललाई देख्न सकिनेछ भने राजा राजेन्द्र पोखरेल, राजाराम पौडेल, सरोज खनाल, नम्रता सिम्खडा लगायतका कलाकारको पनि अभिनय देख्न सकिनेछ ।

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार  ५ : ३५ बजे

चितवनमा तीन सवारीसाधन ठोक्किँदा १५ जना घाइते, अवस्था सामान्य

चितवन– चितवनको भरतपुर महानगरपालिका–१ आँपटारीचोकमा तीन वटा सवारीसाधन एकआपसमा ठोक्किँदा

सम्झौता गरेर काम सुरु नगर्ने १९ निर्माण कम्पनीलाई स्पष्टीकरण

खोटाङ– भौतिक पूर्वाधार विकास कार्यालयले सम्झौता गरेको दुई महिना बितिसक्दा

फेवाताल किनाराका मापदण्डविपरीत संरचना हटाउन सुरु

गण्डकी– पोखरा महानगरपालिकाले फेवाताल किनारामा मापदण्डविपरीत रहेका संरचना हटाउन सुरु

अतिरिक्त कक्षा सञ्चालनपछि अतिविपन्न दलित बालबालिकाका लाभान्वित

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित श्रीकृष्ण माध्यमिक विद्यालयको  आधारभूत तहमा अध्ययनरत

औषधिको ‘प्रमोसन’ गर्नेलाई कार्यालय समयभित्र वीर अस्पताल प्रवेशमा निषेध

काठमाडौं– वीर अस्पतालले चिकित्सकले बिरामीलाई औषधि सिफारिस गर्दा कुनै निश्चित