चितवनमा तीन सवारीसाधन ठोक्किँदा १५ जना घाइते, अवस्था सामान्य « Khabarhub

चितवनमा तीन सवारीसाधन ठोक्किँदा १५ जना घाइते, अवस्था सामान्य


२१ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनको भरतपुर महानगरपालिका–१ आँपटारीचोकमा तीन वटा सवारीसाधन एकआपसमा ठोक्किँदा १५ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ग१ख ९९२५ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको लु१च ८५५२ नम्बरको बोलेरो एकआपसमा ठोक्किएका थिए। सोही क्रममा पछाडिबाट आइरहेको बा प्र. ०३–००१ ह २५४८ नम्बरको अटो पनि बोलेरोमा ठोक्किएको थियो।

प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार घाइतेमध्ये १४ जना बसमा सवार रहेका छन् भने एक जना अटो चालक रहेका छन्।

घाइतेमध्ये सात जनाको भरतपुर अस्पताल, चार जनाको चितवन मेडिकल कलेज र चार जनाको नेस्नल सिटी अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार सबै घाइतेको अवस्था सामान्य रहेको छ।

प्रकाशित मिति : २१ चैत्र २०८२, शनिबार  ७ : ०९ बजे

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम

फूलको आयातमा रोक लगाउन प्रशासनसँग माग

झापा– फूलको व्यावसायिक खेती गरिरहेका झापाका किसानहरूले स्वदेशी सयपत्री फूलले

धान थन्क्याउन युवा जनशक्ति पाउनै मुस्किल

भोजपुर– गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी तथा सहरतर्फ पलायन हुन

एनपीएल : आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (बुधबार)

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय