विद्यार्थी भिसामा विदेशीद्वारा ईसाई धर्मको प्रचार, दुई जापानी निकालिए « Khabarhub

विद्यार्थी भिसामा विदेशीद्वारा ईसाई धर्मको प्रचार, दुई जापानी निकालिए


९ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आजको अन्नपूर्ण पोस्टले पनि श्रीलंकामा शृंखलाबद्ध विस्फोटको समाचारलाई नै मुख्य समाचारका रुपमा छापेको छ । विस्फोटमा ३५ विदेशीसहित २०७ जनाको मृत्यु भएको जनाएको छ ।

कोलम्बोमा ४५, नेगेमबोमा ९० र बट्टिकलोवामा ७२ जनाको मृत्यु भएको जनाएको छ । श्रीलंकाका राष्ट्रपतिद्वारा राष्ट्रका नाममा सम्बोधन गर्दै विस्फोटको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको समाचारमा जनाइएको छ ।

त्यस्तै पत्रिकालो नेकपा एकताको समाचारलाई पनि ‘टुंगियो जिल्ला एकता, घोषणा आज’ शीर्षकमा पहिलो पृष्ठमा समाचार छापेको छ । सत्तारुढ दल नेकपाले जिल्ला तहको पार्टी एकता टुंग्याएको हो ।

त्यस्तै अन्नपूर्णले ‘सरकारी सवारीमा राइँदाइँ, एक अधिकृतलाई पुग्छन् दुई गाडी’ शीर्षकमा गृहमन्त्रालयमा अधिकृत स्तरका कर्मचारीका लागि ल्याइएका गाडीको समाचारलाई पनि पहिलो पृष्ठमा छापेको छ ।

मन्त्रालयमा ९० जना अधिकृतस्तरका कर्मचारी रहेको र उनीहरुको प्रयोजनका लािग ल्याइएका गाडी भने १ सय ७४ रहेको उल्लेख गरेको छ ।

यसअनुसारकर्मचारी र सवारीसाधनको अनुपात १ः१.१३ हुन्छ । अर्थात एक अधिकृतको भागमा औसतमा दुई सवारी पर्ने हुन आउँने समाचारमा जनाइएको छ ।

त्यस्तै, पत्रिकाले दुई जापानी निकालिए शीर्षकमा अर्को समाचार पनि पहिलो पृष्ठमा छापेको छ ।

गृह मन्त्रालयले इसाई धर्म प्रचारमा संलग्न मोरिता मासाहिरो र हासिमोतो युकारीलाई नेपाल प्रवेशमा पाँच वर्ष प्रतिबन्धसमेत लगाएको समाचारमा उल्लेख छ ।

उनीहरु विद्यार्थी भिसामा नेपाल बस्दै आएका थिए ।  कास्कीको पोखरा फूलबारीस्थित शिवशक्ति क्याम्पसमा शिक्षाशास्त्र संकाय अध्ययन गर्न उनीहरुले भिसा लिएका थिए ।

विद्यार्थी भिसा लिएर धर्म  प्रचार गरेकाले उनीहरुलाई निकालिएको अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : ९ बैशाख २०७६, सोमबार  ७ : ०१ बजे

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।