श्रीलंका श्रृंखलाबद्ध बम विस्फोट अपडेट– मृतकको संख्या २९० पुग्यो « Khabarhub

श्रीलंका श्रृंखलाबद्ध बम विस्फोट अपडेट– मृतकको संख्या २९० पुग्यो


९ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रीलंकामा आइतवार भएको श्रंखलावद्ध बम विस्फोटमा परि मृत्यु संख्या २९० पुगेको छ । विस्फोटमा परी करीब ५ सय जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

बीबीसीका अनुसार मृत्यु हुनेमा ३६ जना विदेशी नागरिक रहेका छन् ।

विस्फोटमा संलग्न भएको आशंकामा २४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गिरफ्तार भएका सबै नागरिक श्रीलंकाको भएको र उनीहरुको कुनै अन्तर्राष्ट्रिय संगठनसँगको सम्पर्कबारे अनुसन्धान भइरहेको छ । अहिलेसम्म श्रृंखलाबद्ध ८ विस्फोटको जिम्मेवारी कसैले पनि लिएका छैनन् ।

श्रीलंका सरकारले भने श्रृंखलावद्ध विस्फोट आत्मघाती भएको र विस्फोटको योजना विदेशमा बनेको थियो ।

हमलापछि आइतबार श्रीलंकामा कर्फ्यू लगाइएको थियो । कर्फ्यू सोमबार(आज) विहानदेखि हटेको छ । झुटो समाचारहरु आएको भन्दै सामाजिक सञ्जालमा प्रतिवन्ध लगाइएको छ ।

हमलाको बारेमा पहिले जानकारी भएपनि रोक्नु अघि नै घटना घटेको रक्षामन्त्री आर विजयवर्धनले बताएको बीबीसीले उल्लेख गरेको छ ।

प्रधानमन्त्री रनिल विक्रमासिंघेले हमलाको बारेमा प्रहरीलाई जानकारी भएपनि यसबारे मन्त्रिपरिषद्मा जानकारी नदिइएको बताएका छन् ।

श्रीलंकाकी दूरसञ्चार मन्त्री हरिन फर्नाडोले जासूसी रिपोर्टमा चार खालको हमला हुनसक्ने बताइए जानकारी आएको बताएकी छिन् । तर यस बारेमा प्रधानमन्त्री र मन्त्रिपरिषद्लाई जानकारी नगराइएको उनको भनाइ थियो । यसबारे मन्त्रिमण्डलमा प्रश्न उठेको छ ।

रिपोर्टमा आत्मघाती हमला, अतियारबाट हमला, चक्कु आक्रमण या विस्फोटक पदार्थले भरिएको ट्रकबाट हमला हुनसक्ने उल्लखे गरिएको थियो । यसबारे जासूसी निकायमा रिपोर्ट प्राप्त भएपनि मन्त्रिपरिषद् या प्रधानमन्त्रीलाई यसबारे जानकारी नदिइएको उनको भनाइ थियो ।

प्रकाशित मिति : ९ बैशाख २०७६, सोमबार  १० : ०७ बजे

महाधिवेशन प्रतिनिधि सीताको निष्कर्ष- अब अरु दलको चुनाव चिन्हमा भोट हालिँदैन

काठमाडौं– काठमाडौंको भृकुटीमण्डपमा नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत बन्दसत्र जारी

नबिल बैंकको अध्यक्षमा निर्वाण चौधरी चयन

काठमाडौं– नबिल बैंक लिमिटेडको ४१औँ वार्षिक साधारणसभाले १२.५० प्रतिशत नगद

अमेरिकाको ब्रुमफिल्ड शहरसँग ललितपुर महानगरको भगिनी सम्बन्ध 

ललितपुर– ललितपुर महानगर र अमेरिको ब्रुमफिल्ड शहरबीच भगिनी सम्बन्ध कायम

कांग्रेसको त्रिपक्षीय वार्तामा जुटेन सहमति  

काठमाडौं– नेपाली कांग्रेसको विवाद समाधानका लागि मंगलबार बिहान भएको त्रिपक्षीय

त्रिशूली किनारमा बालुवाले पुरिएको गाडीको उत्खनन जारी

तनहुँ– तनहुँ जिल्लाको आबुखैरेनी गाउँपालिका–५ द्धोन्द्राङ बेसी नजिक त्रिशूली नदीको किनारमा