श्रीलंका श्रृंखलाबद्ध बम विस्फोट अपडेट– मृतकको संख्या २९० पुग्यो « Khabarhub

श्रीलंका श्रृंखलाबद्ध बम विस्फोट अपडेट– मृतकको संख्या २९० पुग्यो


९ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रीलंकामा आइतवार भएको श्रंखलावद्ध बम विस्फोटमा परि मृत्यु संख्या २९० पुगेको छ । विस्फोटमा परी करीब ५ सय जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

बीबीसीका अनुसार मृत्यु हुनेमा ३६ जना विदेशी नागरिक रहेका छन् ।

विस्फोटमा संलग्न भएको आशंकामा २४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गिरफ्तार भएका सबै नागरिक श्रीलंकाको भएको र उनीहरुको कुनै अन्तर्राष्ट्रिय संगठनसँगको सम्पर्कबारे अनुसन्धान भइरहेको छ । अहिलेसम्म श्रृंखलाबद्ध ८ विस्फोटको जिम्मेवारी कसैले पनि लिएका छैनन् ।

श्रीलंका सरकारले भने श्रृंखलावद्ध विस्फोट आत्मघाती भएको र विस्फोटको योजना विदेशमा बनेको थियो ।

हमलापछि आइतबार श्रीलंकामा कर्फ्यू लगाइएको थियो । कर्फ्यू सोमबार(आज) विहानदेखि हटेको छ । झुटो समाचारहरु आएको भन्दै सामाजिक सञ्जालमा प्रतिवन्ध लगाइएको छ ।

हमलाको बारेमा पहिले जानकारी भएपनि रोक्नु अघि नै घटना घटेको रक्षामन्त्री आर विजयवर्धनले बताएको बीबीसीले उल्लेख गरेको छ ।

प्रधानमन्त्री रनिल विक्रमासिंघेले हमलाको बारेमा प्रहरीलाई जानकारी भएपनि यसबारे मन्त्रिपरिषद्मा जानकारी नदिइएको बताएका छन् ।

श्रीलंकाकी दूरसञ्चार मन्त्री हरिन फर्नाडोले जासूसी रिपोर्टमा चार खालको हमला हुनसक्ने बताइए जानकारी आएको बताएकी छिन् । तर यस बारेमा प्रधानमन्त्री र मन्त्रिपरिषद्लाई जानकारी नगराइएको उनको भनाइ थियो । यसबारे मन्त्रिमण्डलमा प्रश्न उठेको छ ।

रिपोर्टमा आत्मघाती हमला, अतियारबाट हमला, चक्कु आक्रमण या विस्फोटक पदार्थले भरिएको ट्रकबाट हमला हुनसक्ने उल्लखे गरिएको थियो । यसबारे जासूसी निकायमा रिपोर्ट प्राप्त भएपनि मन्त्रिपरिषद् या प्रधानमन्त्रीलाई यसबारे जानकारी नदिइएको उनको भनाइ थियो ।

प्रकाशित मिति : ९ बैशाख २०७६, सोमबार  १० : ०७ बजे

फेवाताल जग्गा बारे गृहमन्त्रीको स्पष्टीकरण– ‘म आफैँ ठगिएको छु, कानुनी उपचारमा जान्छु’

काठमाडौँ – गृहमन्त्री सुदन गुरुङले पोखराको फेवाताल किनाराको जग्गा प्रकरणमा

उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे

मुस्ताङ- उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, चुमजुङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्यांग्रा

फेवातालको जग्गाबारे पत्रकार सम्मेलन गरेर प्रष्ट पार्न गृहमन्त्री सुधनलाई हर्कको चुनौती

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्कराज

नयाँले पुरानाको खेदो खनेर सुशासन खोजे : एमाले महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ शक्तिले सुशासनलाई

दुई वर्षमा सक्नुपर्ने मल्याङ्दीखोला मोटरेबल पुलको काम २५ प्रतिशत मात्र

पर्वत– पर्वतको कुश्मा नगरपालिका र फलेवास नगरपालिका जोड्ने मोटरेबल पुल