सुदूरपश्चिममा अन्धविश्वास– पुण्य कमाइने भन्दै महिनावारी नहुँदै छोरीको विवाह « Khabarhub

सुदूरपश्चिममा अन्धविश्वास– पुण्य कमाइने भन्दै महिनावारी नहुँदै छोरीको विवाह


९ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी– सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा बाल विवाह गर्ने प्रचलन अझै पनि कायमै रहेको छ । महिनावारी हुनुभन्दा अगाडि नै छोरीलाई विवाह गरिदिए पुण्य प्राप्त हुनेअर्थात् धर्म कमाइने भन्ने धार्मिक अन्धविश्वासले बाल विवाहको प्रचलन कायमै रहेको स्थानीयहरु बताउँछन् ।

यहाँका पहाडी जिल्ला डडेल्धुरा, अछाम, बझाङ, बाजुरा, दार्चुला तथा डोटीमा प्रायजसो ब्राह्मण, क्षत्री तथा दलित समुदायमा उमेर नपुग्दै छोरीको विवाह गरिदिने प्रचलन कायमै रहेको छ ।

यहाँका जिल्ला सदरमुकाममा बाल विवाहका जोडी डोली र घोडा चढेर जाँदै गर्दासमेत उनीहरुलाई कसैले पनि रोक्न नसक्दा बाल विवाह झनै कायमै रहेको स्थानीयवासी मानबहादुर धामीले बताए । उनले भने, ‘बाल विवाहको अन्त्यका लागी खुलेका सङ्घ संस्था तथा बाल विवाह रोक्ने अधिकार पाएको स्थानीय प्रशासन त मौन छ अरुलाई के चासो ।’

कानूनमा विवाहका लागि अभिभावकको मञ्जुरीमा भए केटा र केटीको उमेर १८ वर्ष र आफुखुशीअर्थात् कानुनी विवाह गर्ने हो भने २० वर्ष पुगेको हुनुपर्ने प्रावधान रहेको डोटीका प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले बताए । कानूनले बाल विवाह गराउनेमा संलग्न सबैलाई कानूनी सजाय तोकेको भए पनि सुदूरपश्चिममा हालसम्म कसैलाई पनि यस्तो सजाय गरिएको छैन ।

बाल विवाह नियन्त्रणका लागि विभिन्न सरकारी तथा गैरसरकारी सङ्घ, संस्था क्रियाशील भए पनि बढ्दो बाल विवाह भने नियन्त्रण गर्न सकेका छैनन् । स्थानीयवासीका अनुसार सुदूरपश्चिम प्रदेशमा कम्तीमा पनि ७० प्रतिशत बाल विवाह हुने गरेको छ ।

बाल विवाह नियन्त्रण गर्न जिल्लामा रहेका सरोकारवाला सङ्घ संस्थाले खासै चासो नदेखाएको र यहाँका जिल्लावासीमा जनचेतनाको कमीका कारण बाल विवाह दिन प्रतिदिन बढ्दै जान थालेको दिपायलका अर्का स्थानीयवासी मेखराज भट्टले बताए ।

सानै उमेरमा विवाह गरिँदा सुदूरपश्चिम प्रदेशका अधिकांश चेलीले बच्चा पाउँदा अकालमै ज्यान गुमाउने गरेको थाहा पाउँदा पाउँदै पनि यहाँको बाल विवाह रोक्न नसकिएको दिपायल पिपल्लाकी स्थानीय महिलाकर्मी तुलसी शाहीले बताइन् । उनी भन्छिन्, ‘उमेर नै नपुगी छोरीको बिहे गरेपछि समस्या हुन्छ भन्ने बुझेर पनि पुण्य कमाउने नाममा बिहे गर्न थालेका छन् सम्झाउँदा मान्दैनन् कानूनी निकायले नै केही कदम चाल्नुपर्ने भयो ।’

प्रकाशित मिति : ९ बैशाख २०७६, सोमबार  १० : २७ बजे

अध्ययन गर्नेगरी कार्की आयोगको प्रतिवेदन ग्रहण गर्ने सरकारको निर्णय

काठमाडौं- सरकारले भदौ २३ र २४ गते भएको आन्दोलनको छानबिन

गृहमन्त्री अर्याल राष्ट्रिय सभा सदस्यमा सिफारिस

काठमाडौं– सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेको

ओलीलाई समवेदना दिन गुन्डु पुगे राष्ट्रियसभाका अध्यक्ष दाहाल 

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले  नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष

घुसको ७० लाख रुपैयाँ लुकाउन केसम्म गरेनन् सहसचिव झलकरामले ?

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक

रास्वपा वाचापत्र : बालेन सरकारले कसरी गर्छ पूर्वाधार क्षेत्रको विकास ?

काठमाडौं– फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र