साढे दुई वर्ष क्यान्सर रोगबाट पीडित मन्दिराको उपचार हुँदै, अस्पतालले निशुल्क उपचार गर्ने « Khabarhub

साढे दुई वर्ष क्यान्सर रोगबाट पीडित मन्दिराको उपचार हुँदै, अस्पतालले निशुल्क उपचार गर्ने


९ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपचार गर्ने आर्थिक स्रोत नहुँदा साढे दुई वर्षदेखि क्यान्सर रोगबाट पीठित  रहेकी मोरङकी मन्दिरा गुरुङको उपचार हुने भएको छ ।

साढे दुईवर्ष अघि स्तन क्यान्सर भएपनि रकम अभावमा उपचार नगराइ बसेकी गुरुङलाई उपचारको लागि काठमाडौं ल्याइएको थियो ।

गुरुङलाई ललितपुरको नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरमा भर्ना गरिएको छ । गुरुङको आज (सोमबार) क्यान्सर भएको देव्रे स्तनको शल्यक्रिया गरेर उपचार गर्न लागिएको अस्पतालका स्तन क्यान्सर रोग विशेषज्ञ डाक्टर कपेन्द्र शंकर अमात्यले बताए ।

‘उहाँको क्यान्सर तेस्रो स्टेजमा पुगेको छ । क्यान्सर भएको स्तनमा घाउ समेत भएकाले स्तन काटेर फाल्नुपर्छ,’ डा अमात्यले खबरहबसँग भने ‘अप्रेसनको लागि बिरामीलाई अप्रेसन थिएटरमा लगिसकेका छौं, अब केही समयमै अप्रेसन हुन्छ ।’

गुरुङको उपचारको लागि ९ महिना समय लाग्ने डा अमात्यले बताए ।

गुरुङको क्यान्सरको उपचारका लागि ९ महिनासम्म अस्पतालम अस्पतालमा लाग्ने सम्पूर्ण खर्च अस्पतालले निशुल्क गरेको छ । डा अमात्यका अनुसार ९ महिनासम्म तेस्रो स्टेजको क्यान्सरका बिरामीको लागि करिब ७ लाख खर्च लाग्ने गर्छ ।

गुरुङलाई मोरङका युवा विरेन्द्र कुमार साहले उपचारका लागि काठमाडौं ल्याएका हुन् ।

परिवारको आर्थिक अवस्था कमजोर हुँदा साढे दुईवर्षसम्म रोग पालेर घरमै बसेकी गुरुङ क्यान्सरको उपचार गर्न पाउँदा खुसी भएकी छन् ।

उनले खबरहबसँग भनिन्, ‘सबैले मिलेर मलाई अस्पतालसम्म ल्याउनुभयो, निशुल्क उपचार गराउँदै हुनुहुन्छ म धेरै खुसी छु अब चाँहि बाँच्छु कि भन्ने आसा पलाएको छ।’

यो पनि पढ्नुस् :

अस्पताल पुग्ने पैसा नहुँदा क्यान्सर पालेर साँढे दुई वर्ष घरमै

प्रकाशित मिति : ९ बैशाख २०७६, सोमबार  ११ : ०५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै