‘इन्टु मिन्टु लण्डनमा’ निर्देशक रेनशा र निर्माता प्रज्वलले गरे इङ्गेजमेन्ट « Khabarhub

‘इन्टु मिन्टु लण्डनमा’ निर्देशक रेनशा र निर्माता प्रज्वलले गरे इङ्गेजमेन्ट


९ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘इन्टु मिन्टु लण्डनमा’ की निर्देशक तथा कोरियोग्राफर रेनशा बान्तवा राई र निर्माता प्रज्वल शमशेर जबराले इङ्गजेमेन्ट गरेका छन् । यी दुईले लामो समयको प्रेमलाई वैशाख २४ गते बिहेमा बदल्ने सुर कस्दै इङ्गेजमेन्ट गरेका हुन् ।

फिल्म ‘मेरो एउटा साथी छ’ को शूटिङको सेटमा यी दुई प्रेममा परेको बताइन्छ । आइतबार रेनशा र प्रज्वलले इङ्गेजमेन्ट गर्दै औँठी साटेका हुन्  । राजधानीको एक होटलमा गरिएको समारोहमा दुवै परिवारका सदस्यका साथ औँठी साटेर खुसी व्यक्त गरे ।

आइकोर फिल्मको ब्यानरमा निर्माण गरिएको फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ लाई प्रज्वल शमशेर जबराले निर्माण गरेका थिए भने यो फिल्मलाई रेनशाले निर्देशन गरेकी थिइन् ।

उक्त ब्यानरबाट अन्य दुई फिल्म निर्माणको घोषणा गरिएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७६, सोमबार  ११ : १९ बजे

जुम्ली किसानले राखे मार्सी धानको बेर्ना

जुम्ला – यहाँको प्रसिद्ध मार्सी धानको बीउ राखिएको छ ।

हाल्यान्डको ह्याट्रिकमा म्यानचेस्टर सिटीको शानदार जित, लिभरपुल पराजित

काठमाडौं – इङ्लिस एफए कप अन्तर्गत क्वार्टरफाइनल खेलमा म्यानचेस्टर सिटीले

प्रहरी ‘अप्रेसन : १८९ जना पक्राउ

काठमाडौं – काठमाडौं प्रहरीले बिचौलिया बनेर कानुनविपरीत काम गर्ने, विभिन्न

४८ घण्टाभित्र सम्झौता गर्न इरानलाई अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरानसँग विश्व व्यापारका

परमाणु ऊर्जा केन्द्रमा आक्रमण नगर्न आइएइएको सुझाव, रेडियोविकिरण चुहिने जोखिम

तेहरान – अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय (आइएइए)ले बुशेहर परमाणु ऊर्जा