छोरीको जन्मदिनमा भावुक बनिन् काजोल, अजयले दिए धन्यवाद « Khabarhub

छोरीको जन्मदिनमा भावुक बनिन् काजोल, अजयले दिए धन्यवाद


९ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड हस्ती अजय देवगन र काजोलकी छोरी नीसा देवगन २० अप्रिलमा १६ वर्ष पूरा भइन् । छोरीलाई जन्मदिनको शुभकामना दिँदै काजोलले इन्स्टाग्राममा सुन्दर तस्वीर शेयर गरिन् ।

काजोलले छोरी निशासँग आफ्नो तस्वीर इन्स्टाग्राममा शेयर गर्दै लेखिन् – मेरी प्यारी छोरीलाई १६ औँ जन्मदिनको शुभकामना । म अहिले पनि तिम्रो वजन मेरो काखमा महसूस गर्छु । मलाई लाग्दैन कि, त्यो कहिल्यै बदलिने छ । तिमी जति नै ठूली हुँदै जाऊ यो याद राख कि, तिमी मेरी धड्कन बन्नेछौ ।

View this post on Instagram

A post shared by Kajol Devgan (@kajol)

नीसाको जन्म सन् २००३ मा भएको थियो । छोरीका लागि काजोलले ३ वर्षसम्म फिल्म उद्योगबाट ब्रेक लिएकी थिइन् ।

 

View this post on Instagram

 

My little girl with me on a red carpet for the first time …..❤️❤️❤️

A post shared by Kajol Devgan (@kajol) on

अजय देवगनले आफ्नी छोरीलाई जन्मदिनको शुभकामना दिने सबैलाई आफ्नो ट्वीटरबाट धन्यवाद भनेका छन् । निशाका तर्फबाट दिइएको सन्देशमा अजयले लेखेका छन् – तपाईं सबैलाई जन्मदिनको शुभकामनाका लागि धन्यवाद ।

अजय र काजोलका दुई बच्चा छन् । दुवै बच्चालाई काजोल र अजयले खुबै ख्याल गर्छन् । समय दिन्छन् ।

नीसालाई लिएर अजय अझ बढी प्रोटेक्टिभ छन् । सामाजिक सञ्जालमा नीसा ट्रोलिङ हुँदा पनि उनले खुलेर बोल्ने गर्छन् ।

अजय अब फिल्म ‘दे दे प्यार दे’ मा देखिँदैछन् । यो रोमान्टिक कमेडी फिल्ममा अजय देवगनलाई एक व्यापारीका रुपमा देख्न सकिन्छ । जसको २४ वर्षकी युवतीसँग प्रेम बस्छ ।

प्रकाशित मिति : ९ बैशाख २०७६, सोमबार  १२ : ४५ बजे

कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

कर्णाली – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र

सांसद खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं – प्रतिनिधि सभा सदस्य खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा

राधास्वामीका आश्रित भोकै, महानगर भन्छ : सिस्टम फेरिएकाले खुवाउन सकेनौँ, आन्दोलन जरूरी थिएन

काठमाडौं- कीर्तिपुरको राधास्वामीस्थित सुकुम्वासी होल्डिङ सेन्टरको मूल गेटमा सुत्केरी, बालबालिका,