राष्ट्रपति भण्डारीलाई ग्यास्ट्रिकको समस्या, औषधि सेवन गर्न चिकित्सकको सुझाव « Khabarhub

राष्ट्रपति भण्डारीलाई ग्यास्ट्रिकको समस्या, औषधि सेवन गर्न चिकित्सकको सुझाव


९ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा नियमित स्वास्थ्य परिक्षण गराएकी छन् ।

ग्यास्ट्रिकको समस्याका कारण ३ महिनादेखि औषधि खाँदै आएकी भण्डारीले आज (सोमबार) बिहान टिचिङमा स्वास्थ्य परिक्षण गराएकी हुन् ।

बिहान साढे ९ बजे स्वास्थ्य परीक्षण गर्न गएकी भण्डारीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालमा निर्देशक डा प्रेम खड्गाले खबरहबलाई बताए ।

राष्ट्रपति भण्डारीलाई ग्यास्ट्राइटिसको समस्या भएकाले नियमित औषधि सेवन गर्न सुझाव दिएको निर्देशक खड्गाले बताए ।

‘उहाँलाई ग्यास्ट्राइटिसको समस्या छ, त्यसैले स्वास्थ्य परीक्षको लागि आज आउनुभएको थियो, इन्डोस्कोपी गराएर १५ मिनेटपछि उहाँ फर्किनुभयो,’ उनले भने, ग्यास्ट्राइटिसको समस्या भएकाले औषधि नियमित खान सुझाव दिएका छौं ।’

सरकारले विदेशमा उपचार गराउनेलाई स्वास्थ्य उपचार खर्च नदिने व्यवस्था गरेपछि देशका उच्च पदस्थ व्यक्तिहरुले पनि नेपालकै अस्पतालमा उपचार गराउन थालेका छन् । केही समय अघि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि नेपालकै अस्पतालमा भर्ना भएर उपचार गराएका थिए ।

देशका उच्च पदस्थ व्यक्तिहरुले स्वादेशमै उपचार तथा स्वास्थ्य परीक्षण गराउँदा उपचार खर्चका नाममा राज्य कोषबाट खर्च हुने लाखौं रकम जोगिएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७६, सोमबार  २ : ४५ बजे

दसैँ नजिकिएसँगै काठमाडौँका खुला बजारमा बढ्यो ग्राहकको चहलपहल

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँको भृकुटीमण्डप लगायतका अन्य विभिन्न खुला बजारमा

कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे रवि

काठमाडौं- नेपाली कांग्रेसको १५ ‍औँ महाधिवेशनमा सहभागी हुन राष्ट्रिय स्वतन्त्र

‘मानिसमा सर्ने अधिकांश रोगको स्रोत पशु’

चितवन– मानिसमा सर्ने अधिकांश रोगको स्रोत पशु रहेका पशु तथा

गगनको राजनीतिक प्रतिवेदन : आफ्नै बलबुतामा चुनाव लड्ने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सभापति गगन थापाले राजनीतिक प्रतिवेदन

१५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेस नेता-कार्यकर्ता धमाधम खुलामञ्च पुग्दै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेसका नेता तथा