पार्टी टुक्रिन्छ भन्ने ज्योतिषीले मिल्छ भन्ने ग्रहदशा किन देखेनन् : प्रधानमन्त्री ओली | Khabarhub Khabarhub

पार्टी टुक्रिन्छ भन्ने ज्योतिषीले मिल्छ भन्ने ग्रहदशा किन देखेनन् : प्रधानमन्त्री ओली


९ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले बर्तमान सरकार मुलुकलाई आधुनिक, समृद्ध, सामाजिक न्याय सहितको सम्पन्न देश बनाउने योजनासहित अघि बढेको बताएका छन् ।

नेकपा स्थापनाको  ७० औं वार्षिकोत्सव समारोहलाई  सम्बाेधन गर्दै प्रधानमन्त्री ओलीले पार्टी एकता सुदृढ रहेको भन्दै महान अभिभारा पूरा गर्न नेकपा प्रतिवद्ध हुने बताए ।

मुलुकको विकासका निम्ति सरकाले शिक्षा, स्वास्थ्य, यातायात, प्रविधिमा ध्यान दिएको बताए । उनले आधुनिकीकरणका लागि साक्षर बनाउन जरुरी रहेको भन्दै यसको उचित प्रबन्ध भइरहेको जानकारी दिए ।

उनले भने– ‘सामाजिक न्याय सहितको लोकतन्त्र र समृद्धिबाट अघि बढेका छौं । यो गहन प्रतिवद्धताका साथ आन्दोलनलाई अघि बढाएर यहाँसम्म ल्याउनु सवैको योगदान महत्वपूर्ण रह्यो ।’

उनले लामो समय संघर्षको मैदानमा विताएको स्मरण गर्दै पहिलो दशक प्रारम्भिक दशक रहेको बताए । नेकपाले स्थापनाकालदेखि पिछडिएका, उत्पीडित, आर्थिक उन्नतिका सवालमा दृष्टिकोण अघि सारेको बताए । तर पनि स्वार्थको खेलका कारणा मुलुक जसरी अघि जानुपर्थ्यो त्यो हुन नसकेको तर्क गरे ।

२००८ सालमा नेपाली कांग्रेस नेतृत्वको सरकारले कम्युनिष्ट पार्टीका कुरा नसुनेर प्रक्रियावादीसँग मिलेर गतल बाटो समातेको आरोप लगाए ।
उनले भने ‘कांग्रेसले त्यो बाटो अहिलेसम्म सच्याउन सकेको छैन । प्रतिक्रियावादी शक्तिसँग घाटी जोड्नु गलत हो, यदि कांग्रेस लोकतान्त्रिक पार्टी हो भने लोकतान्त्रिश शक्तिसँग मिल्नुपर्छ, अचम्म लाग्छ त्यसैले कांग्रेस अहिले कहाँ पुग्यो ?’

उनले आफूहरु समस्या र चुनौतीका चाङमा रहेको भएपनि भविष्य उज्वल रहेको बताए । उनले भने  ‘हामी यसतर्फ अग्रसर छौं । हामीले विगतमा लामो संघर्ष गर्‍यौं, राजतन्त्र तानाशाही, पञ्चातय, अन्योलकाविरुद्ध लड्यौं । अहिले सही विचार स्थापित गरेका छौं । सही मार्ग रोजेका छौं । ’

उनले संगठतान्मक सफलताको मात्र बाटो होइन, वैचारिक रुपमा महान सफलता हात पारेको बताए । देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डताका विषयमा कुनै पनि सम्झौता नहुँने जनाउँदै  उनले भने, ‘हामीले स्वाधिनता मात्र होइन, सही निर्णय पनि गर्न सकेका छौं । ’

उनले विभिन्न गलत प्रवृत्ति सकिँदै गएको तथा त्यस्ता प्रवृत्ति कमजोर हुँदै गएकोतर्फ इंगित गर्दै विचार र वर्गीय राजनीतिभन्दा फरक ढंगले विध्वंस मच्चाउने, राष्ट्रिय एकता कमजोर पार्न खोज्नेलाई परास्त गर्न सफल भएको तर्क गरे ।

उनले भने, ‘राष्ट्र विखण्डनको कुरा गर्नेलाई मुलधारमा ल्याएका छौं ।  पृथकतावादी सकिए पछि, कोही छटपटाएका छन् ।’

उनले यस वर्ष शुरु भएपछिको मात्र हिसाब गर्यौं भने धेरै काम गरिसकेको बताए । भेरी–बबई ब्रेक थ्रू, जेष्ठ नागरिकको स्वास्थ्य बीमा, भर्ना अभियान लगायतका काम भएको बताए ।

कृषि क्षेत्रलाई आधुकिकीकरण गर्ने, लगानी सम्मेलन गरी लगानी भित्र्याउन सफल भएको बताए ।

उनले भने– ‘अब लगानीको समस्या छैन अपेक्षाभन्दा बढी लगानी आइरहेको छ । देश उत्साहजनक रुपमा अघि बढेको छ । गान्धारीले आँखामा पट्टी बाँधेपछि केही देखिँदैन, ४ सय ५५ झुलुङ्गे पुल बनेका छन्, ८५० किमि बाटो कालोपत्रे भएको छ, तुइन विस्थापित भएका छन् । पट्टी खोलेर हेर्नुपर्‍यो ।’

अर्थतन्त्रका क्षेत्रमा ७ प्रतिशत भन्दा बढी वार्षिक वृद्धिदर कायम गर्ने लक्ष्य लिएको उनले बताए ।

‘अहिले विश्वको आर्थिक वृद्धिदर भएका मुलकमा नेपाल पर्दछ । यो कम्युनिष्ट पार्टीको नेतृत्वकै कारण भएको हो ।’ उनले भने ‘कमी कमजोरी पनि केही छन्, ठेकेदार भाग्यो मेलम्ची आउन ढिला भयो । हामी मेलम्ची ल्याउँछौं । नयाँ योजना ल्याएका छौं, केही दिनपछि देख्नुहुनेछ ।’

उनले पार्टी एकतापछि पार्टी टुक्रिन्छ भन्ने भ्रममा नपर्न सवैलाई आग्रह गरे । उनले भने, ‘ अहिले पार्टी टुक्रिन्छ भन्ने ज्योतिषिहरुले पनि भन्न थालेका छन्,  कुनै ज्योतिषिले पार्टी मिल्छ भन्ने किन देखेनन् । त्यहाँ पनि त ग्रहदशा हुँदो हो ।’

उनले अब देश बनाउने अभिभार आफ्नो पार्टीको काँधमा रहेका भन्दै सोही अनुरुप अघि बढ्ने प्रतिवद्धता व्यक्त्त गरे।

उनले भने ‘भवितव्यले एकता भएको होइन, ६ सालमा स्थापना भएको पार्टी अहिले कसरी एकता र शक्तिशाली बन्यो यसका पछाडि दृढ संकल्प, अठोट, पार्टी सैद्धान्तिक विचार र आचरण नै हो’

प्रधानमन्त्री ओलीले सरकार भ्रष्टाचार नियन्त्रणमा कटिवद्ध रहेको बताए । उनले सरकारको व्यवहारले त्यो  देखाइरहेको दाबी समेत गरे ।

सुन तस्करी प्रकरणका विषय ओलीले भने ‘हामीले तस्करी हुने प्वाल झ्याप्पै बन्द गदिर्यौं, जो संलग्न थिए हामीले जेल हाल्दियौं । अहिले आत्तिएका छन् कारोबारीको पृष्ठभूमिभएकाहरु । अब सुनको तस्करी चल्दैन । जिल्ला–जिल्लामा मजेरीमा गाडिएको पनि खोतलिएको छ ।’

उनले सरकारको उद्देश्य शान्ति सुव्यवस्था कायम गर्ने, जनतालाई सुविधा सहुलियत पुर्‍याउने, लोकतन्त्रको सही अभ्यास गर्ने, विकास निर्माणका काम अघि बढाउने, संघीय सरकार र प्रदेश सरकारलाई यथोचित सक्रिय बनाउने रहेको बताए ।

उनले वैदेशिक पुँजी र प्रविधि हाम्रो राष्ट्रिय हितमा अनुकुल हुनेगरी मात्र भित्र्याउन लागिरहेको जानकारी दिए  । सरकारले देशलाई आधुनिक र समृद्ध, सामाजिक न्याय सहितको सम्पन्न देश बनाउने प्रतिवद्धता व्यक्त गरे । त्यसका निम्ति  उनले अब डिजिटल नेपालतर्फको यात्रा विद्यालय, कार्यालय, विभिन्न क्षेत्रबाट थालिएको बताए ।

उनले पार्टी एकीकरणको प्रक्रिया जिल्ला तहमा सकिएको बताउँदै । बाँकी कामहरु केही दिनभित्र सम्पन्न हुने बताए ।

विचार, संगठन, आचरण र व्यवहारकाले यो सम्भव भएको बताउँदै महान पार्टीका कार्यकताले पनि अब यो भूमिका खेल्नुपर्ने बताए ।

उनले पार्टी एकताका निम्ति अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विशेष धन्यवाद दिए । उनले भने, ‘क. प्रचण्डले ठूलो छलाङ र आँट नगरेको भए यो सम्भव हुने थिएन ।’

प्रकाशित मिति : ९ बैशाख २०७६, सोमबार  ३ : ४० बजे

सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु

डोटी – नुहाउने क्रममा सेती नदीमा डुबेर डोटीमा एक किशोरको

प्रधानमन्त्रीको दाबी ‘राष्ट्रिय गौरवका आयोजना समयमै सम्मन्न हुन्छन्’

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका तथा रूपान्तरणकारी

शुक्लाफाँटामा बाह्रसिङ्गाको गणना हुँदै

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्वमै दुर्लभ मानिएको वन्यजन्तु बाह्रसिङ्गाको

जनताले महसुस गर्नेगरी काम गर्न गृहमन्त्री लामिछानेको निर्देशन

झापा – उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले जनतालाई परिवर्तनको अनुभूति

युरोप पठाउने भन्दै बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ

काठमाडौं – बङ्गलादेशका नागरिकलाई युरोप पठाउने भन्दै नेपाल ल्याई बन्धक