पशुपति क्षेत्रमा १९ वटा स्मार्ट शौचालय सञ्चालनमा ल्याइँदै « Khabarhub

पशुपति क्षेत्रमा १९ वटा स्मार्ट शौचालय सञ्चालनमा ल्याइँदै



काठमाडौं– पशुपति क्षेत्र विकास कोषले भक्तजनको सुविधाका लागि स्मार्ट शौचालय सञ्चालनमा ल्याउने भएको छ । ‘डोनर’मार्फतमा १९ वटा शौचालय कोषमा आइसकेका छन् तर हस्तान्तरणको हुन नसक्दा सञ्चालन हुन केही दिन लाग्ने भएको छ ।

दर्शनका लागि आउने श्रद्धालु भक्तजन तथा अवलोकनका लागि आउनेहरुका लागि व्यवस्थित शौचालयको अभाव भएको महशुस भएसँगै नयाँ शौचालय ल्याएको कोषले जनाएको छ ।

‘प्रविधिको प्रयोग हुदैँ गएको छ, तर हामीहरु पुरानै संरचनाको प्रयोग गरिरहेका छौँ’ कोषका सञ्चालक परिषदका सदस्य राजु केसीले भने ।
‘धार्मिक स्थलमा देशदेखि विदेशसम्मका श्रद्धालु भक्तजनहरु अवलोकनका लागि आउँछन् तर शौचालयको दूरावस्था कमजोर छ’ उनले भने । जमाना अनुसार चल्नका लागि स्मार्ट शौचालय आवश्यक रहेको उनले बताए ।

साथै १५ दिनअघि चाइनाबाट १९ वटा शौचालय कोष परिसरमा आइसकेका छन् । हस्तान्तरणको कार्यक्रममा ढिलाइ हुँदा सो शौचालय प्रयोगमा आउन अझै १५ दिन लाग्ने कोषको अनुमान रहेको छ ।

‘स्मार्ट शौचालय डोनरमार्फत कोषसम्म आएको हो, हस्तानरण भएपछि मात्र सञ्चालनमा आउने छ’ खबरहब सँग कुरा गर्दै उनले भने ।
विभिन्न सामाजिक तथा आर्थिक संस्थाहरुले यसअघि पनि विद्युतीय टेम्पु, पशुपतिनाथ प्रवेशद्धार निर्माण गरिसकेका छन् । साथै स्मार्ट शौचालयका लागि एभरेष्ट बैंकको लगानी रहेको समेत उनले बताए ।

यस्तो हुन्छ स्मार्ट शौचालय ?

विदेशी मुलुकमा जस्तै नेपालमा पनि स्मार्ट शौचालयको प्रयोग हुने भएको छ । पशुपति क्षेत्रमा राख्न लागिएका स्मार्ट शौचालयहरु अन्य शौचालयको तुलनामा केही फरक छन् । झट्ट हेर्दा नै स्मार्ट लाग्ने सो शौचालयहरु गुडाएर एक स्थानबाट अर्को स्थानसम्म पु¥याउन सकिनेछ ।

साथै शौच गरिसकेपछि पानीको प्रयोग गर्नका लागि खुट्टाले पम्प थिचेपछि पानी फल्स हुनेछ । एउटै शौचालयमा पुरुष र महिलाको लागि छुट्टाछुट्टै व्यवस्था रहेको छ । शौचालयभित्र ३ सय ५० लिटरको ट्यांकी राखिएको छ । सर्वसाधरणले निशुल्क प्रयोग गर्न पाउनेछन् ।

यी स्थानमा राखिनेछन्

स्मार्ट शौचालयलाई गुडाउन मिल्ने हुँदा जहाँ बढि भीडभाड हुन्छ त्यस्तो क्षेत्रमा राखिनेछ । तीज, शिवरात्री, साउने सोमबार जस्ता पर्वहरुमा स्मार्ट शौचालय पशुपति क्षेत्रका विभिन्न स्थानमा राखिनेछन् ।

साथै अन्य समयमा भने कोषले ६ स्थानमा मात्र शौचालय राख्ने योजना बनाएको छ ।

त्यसमध्ये गौशलाबाट पशुपतिनाथ जाने स्थानमा ४ वटा, गुहेश्वरीबाट पशुपति आउने स्थानमा २ वटा राखिनेछ । ६ वटा शौचालय दैनिक प्रयोगमा आउनेछन् ।

कोषले पहिलो पटक स्मार्ट शौचालय सञ्चालनमा ल्याएको र आउने दिनमा अपाङ्गमैत्री शौचालय पनि सञ्चालनमा ल्याउने योजना बनाएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७६, सोमबार  ५ : ३५ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस ३ गते बिहीबार तदनुसार

आज २०८२ साल पुस ३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ३ गते बिहीबार तदनुसार

भृकुटीमण्डपमा गफिँदैछन् एमाले अध्यक्ष र महासचिवका उम्मेदवार

काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान जारी

कुनैबेला कांग्रेस महासमिति सदस्य थिए ज्योति मगरको साथ पाएका पूर्ण गुरूङ

काठमाडौं– नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा चर्चित लोकदोहोरी गायिका