पशुपति क्षेत्रमा १९ वटा स्मार्ट शौचालय सञ्चालनमा ल्याइँदै « Khabarhub

पशुपति क्षेत्रमा १९ वटा स्मार्ट शौचालय सञ्चालनमा ल्याइँदै



काठमाडौं– पशुपति क्षेत्र विकास कोषले भक्तजनको सुविधाका लागि स्मार्ट शौचालय सञ्चालनमा ल्याउने भएको छ । ‘डोनर’मार्फतमा १९ वटा शौचालय कोषमा आइसकेका छन् तर हस्तान्तरणको हुन नसक्दा सञ्चालन हुन केही दिन लाग्ने भएको छ ।

दर्शनका लागि आउने श्रद्धालु भक्तजन तथा अवलोकनका लागि आउनेहरुका लागि व्यवस्थित शौचालयको अभाव भएको महशुस भएसँगै नयाँ शौचालय ल्याएको कोषले जनाएको छ ।

‘प्रविधिको प्रयोग हुदैँ गएको छ, तर हामीहरु पुरानै संरचनाको प्रयोग गरिरहेका छौँ’ कोषका सञ्चालक परिषदका सदस्य राजु केसीले भने ।
‘धार्मिक स्थलमा देशदेखि विदेशसम्मका श्रद्धालु भक्तजनहरु अवलोकनका लागि आउँछन् तर शौचालयको दूरावस्था कमजोर छ’ उनले भने । जमाना अनुसार चल्नका लागि स्मार्ट शौचालय आवश्यक रहेको उनले बताए ।

साथै १५ दिनअघि चाइनाबाट १९ वटा शौचालय कोष परिसरमा आइसकेका छन् । हस्तान्तरणको कार्यक्रममा ढिलाइ हुँदा सो शौचालय प्रयोगमा आउन अझै १५ दिन लाग्ने कोषको अनुमान रहेको छ ।

‘स्मार्ट शौचालय डोनरमार्फत कोषसम्म आएको हो, हस्तानरण भएपछि मात्र सञ्चालनमा आउने छ’ खबरहब सँग कुरा गर्दै उनले भने ।
विभिन्न सामाजिक तथा आर्थिक संस्थाहरुले यसअघि पनि विद्युतीय टेम्पु, पशुपतिनाथ प्रवेशद्धार निर्माण गरिसकेका छन् । साथै स्मार्ट शौचालयका लागि एभरेष्ट बैंकको लगानी रहेको समेत उनले बताए ।

यस्तो हुन्छ स्मार्ट शौचालय ?

विदेशी मुलुकमा जस्तै नेपालमा पनि स्मार्ट शौचालयको प्रयोग हुने भएको छ । पशुपति क्षेत्रमा राख्न लागिएका स्मार्ट शौचालयहरु अन्य शौचालयको तुलनामा केही फरक छन् । झट्ट हेर्दा नै स्मार्ट लाग्ने सो शौचालयहरु गुडाएर एक स्थानबाट अर्को स्थानसम्म पु¥याउन सकिनेछ ।

साथै शौच गरिसकेपछि पानीको प्रयोग गर्नका लागि खुट्टाले पम्प थिचेपछि पानी फल्स हुनेछ । एउटै शौचालयमा पुरुष र महिलाको लागि छुट्टाछुट्टै व्यवस्था रहेको छ । शौचालयभित्र ३ सय ५० लिटरको ट्यांकी राखिएको छ । सर्वसाधरणले निशुल्क प्रयोग गर्न पाउनेछन् ।

यी स्थानमा राखिनेछन्

स्मार्ट शौचालयलाई गुडाउन मिल्ने हुँदा जहाँ बढि भीडभाड हुन्छ त्यस्तो क्षेत्रमा राखिनेछ । तीज, शिवरात्री, साउने सोमबार जस्ता पर्वहरुमा स्मार्ट शौचालय पशुपति क्षेत्रका विभिन्न स्थानमा राखिनेछन् ।

साथै अन्य समयमा भने कोषले ६ स्थानमा मात्र शौचालय राख्ने योजना बनाएको छ ।

त्यसमध्ये गौशलाबाट पशुपतिनाथ जाने स्थानमा ४ वटा, गुहेश्वरीबाट पशुपति आउने स्थानमा २ वटा राखिनेछ । ६ वटा शौचालय दैनिक प्रयोगमा आउनेछन् ।

कोषले पहिलो पटक स्मार्ट शौचालय सञ्चालनमा ल्याएको र आउने दिनमा अपाङ्गमैत्री शौचालय पनि सञ्चालनमा ल्याउने योजना बनाएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७६, सोमबार  ५ : ३५ बजे

छोटो समयमै मुलुकलाई परिवर्तन गर्ने क्षमता राप्रपामा छ : राजेन्द्र लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको समस्याको समाधान

इंग्ल्याण्डले नेपाललाई दियो १८५ रनको लक्ष्य

काठमाडौं- आईसीसी टी–२० विश्वकप अन्तर्गत अहिले नेपालले इंग्ल्याण्डको सामना गरिरहेको

आदिवासी जनजातिको हकहित स्थापित गर्न सरकार प्रतिबद्ध : गृहमन्त्री अर्याल

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले आदिवासी जनजाति समुदायको हकहित र अधिकार

अन्तर्राष्ट्रिय डेरी एक्पो भरतपुरमा शुरु

काठमाडौं– चितवनको भरतपुरमा अन्तर्राष्ट्रिय डेरी एक्पो शुरु भएको छ ।  

इंग्ल्याण्डको छैठौँ विकेट पतन, नन्दन यादवले लिए ह्यारी ब्रुकको विकेट

काठमाडौं- आईसीसी टी–२० विश्वकप अन्तर्गत अहिले नेपालले इंग्ल्याण्डको सामना गरिरहेको