राष्ट्रपतिको चीन भ्रमणबारे परराष्ट्रमन्त्रीद्वारा विस्तृत जानकारी | Khabarhub Khabarhub

राष्ट्रपतिको चीन भ्रमणबारे परराष्ट्रमन्त्रीद्वारा विस्तृत जानकारी


९ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आगामी बुधबारबाट चीनको राजकीय भ्रमणमा जान लागेकी राष्ट्रपति विद्या भण्डारीको भ्रमणबारे विस्तृत जानकारी दिएका छन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा राष्ट्रपति भण्डारीको चीनको राजकीय भ्रमणबारे विस्तृत मन्त्री ज्ञवालीले जानकारी दिएका हुन् ।

चीनको बेईजिङमा आयोजना हुने बेल्ट एण्ड रोड (बीआरआई) को दोस्रो सम्मेलनमा भाग लिन राष्ट्रपति भण्डारी बुधबार चीनको राजकीय भ्रमणमा जान लागेकी हुन् । राष्ट्रपति भण्डारीको चीनको राजकीय भ्रमणका क्रममा २०१६ मा दुई मुलुकबीच गरिएको पारवहन सम्झौताको प्रोटोकलमा हस्ताक्षर हुने कार्यसूचि तय गरिएको पनि परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिए ।

त्यसैगरी केरुङ–काठमाडौं रेलमार्ग निर्माणको काम शुरु यसै वर्षबाट सुरु गर्ने गरी सहमति गर्ने, जनशक्ति निर्माणका लागि आवश्यक प्राविधिक विश्वविद्यालय स्थापनाका लागि पनि चीनसँग समझदारी गर्ने तयारी पनि गरिएको परराष्ट्रमन्त्री ज्ञवालीले बताए ।

कार्यक्रममा मन्त्री ज्ञवालीले आगामी मे महिना भित्र तातोपानी नाका खुल्ने पनि औंपचारिक जानकारी दिए । चीन सरकारले आगामी मे महिना भित्र तातोपानी नाका खुलाउने गरी त्यहाँको विकास निर्माणको कामलाई अघि बढाएको मन्त्री ज्ञवालीले बताए ।

परराष्ट्र मन्त्रालयले आर्थिक विकास साझेदारी अघि बढाउन चीनसँग उच्चस्तरीय भ्रमण तय गर्दै आएको छ । राष्ट्रपति भण्डारीको बुधबारबाट हुने राजकीय भ्रमणमा पनि दुई मुलुकबीचको आर्थिक साझेदारीको विकासलाई जोड दिने परराष्ट्र मन्त्रालयको तयारी छ ।

प्रकाशित मिति : ९ बैशाख २०७६, सोमबार  ७ : ५० बजे

रेमिट्यान्सलाई उत्पादनमुखी बनाऔँ : राजेन्द्र मल्ल

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले रेमिट्यान्सलाई उत्पादनमुखी

एकडारा गाउँपालिकाका उपाध्यक्षसहित ६ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष

रेशम चौधरीको मुद्धामा मिसिल झिकाउन आदेश

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले

सहकारीबाट बचतकर्ताको रकम फिर्ता नगर्नेलाई कारबाही गर्छु : गृहमन्त्री 

काठमाडौं– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारीबाट बचतकर्ताको रकम फिर्ता

चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’मा प्रकाश सपुत अनुबन्ध

काठमाडौं– चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत