राष्ट्रपतिको चीन भ्रमणबारे परराष्ट्रमन्त्रीद्वारा विस्तृत जानकारी « Khabarhub

राष्ट्रपतिको चीन भ्रमणबारे परराष्ट्रमन्त्रीद्वारा विस्तृत जानकारी


९ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आगामी बुधबारबाट चीनको राजकीय भ्रमणमा जान लागेकी राष्ट्रपति विद्या भण्डारीको भ्रमणबारे विस्तृत जानकारी दिएका छन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा राष्ट्रपति भण्डारीको चीनको राजकीय भ्रमणबारे विस्तृत मन्त्री ज्ञवालीले जानकारी दिएका हुन् ।

चीनको बेईजिङमा आयोजना हुने बेल्ट एण्ड रोड (बीआरआई) को दोस्रो सम्मेलनमा भाग लिन राष्ट्रपति भण्डारी बुधबार चीनको राजकीय भ्रमणमा जान लागेकी हुन् । राष्ट्रपति भण्डारीको चीनको राजकीय भ्रमणका क्रममा २०१६ मा दुई मुलुकबीच गरिएको पारवहन सम्झौताको प्रोटोकलमा हस्ताक्षर हुने कार्यसूचि तय गरिएको पनि परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिए ।

त्यसैगरी केरुङ–काठमाडौं रेलमार्ग निर्माणको काम शुरु यसै वर्षबाट सुरु गर्ने गरी सहमति गर्ने, जनशक्ति निर्माणका लागि आवश्यक प्राविधिक विश्वविद्यालय स्थापनाका लागि पनि चीनसँग समझदारी गर्ने तयारी पनि गरिएको परराष्ट्रमन्त्री ज्ञवालीले बताए ।

कार्यक्रममा मन्त्री ज्ञवालीले आगामी मे महिना भित्र तातोपानी नाका खुल्ने पनि औंपचारिक जानकारी दिए । चीन सरकारले आगामी मे महिना भित्र तातोपानी नाका खुलाउने गरी त्यहाँको विकास निर्माणको कामलाई अघि बढाएको मन्त्री ज्ञवालीले बताए ।

परराष्ट्र मन्त्रालयले आर्थिक विकास साझेदारी अघि बढाउन चीनसँग उच्चस्तरीय भ्रमण तय गर्दै आएको छ । राष्ट्रपति भण्डारीको बुधबारबाट हुने राजकीय भ्रमणमा पनि दुई मुलुकबीचको आर्थिक साझेदारीको विकासलाई जोड दिने परराष्ट्र मन्त्रालयको तयारी छ ।

प्रकाशित मिति : ९ बैशाख २०७६, सोमबार  ७ : ५० बजे

दक्षिण सुडानमा ६ लाख ६१ हजारभन्दा बढी शरणार्थी, ७५ प्रतिशत महिला र बालबालिका

जुबा- दक्षिण सुडानले देशभरका ३१ स्थानमा ६ लाख ६१ हजार ५२९

कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह

कर्णाली– कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले कर्णालीको विकासमा केन्द्रित हुन

‘संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक गणतन्त्र बलियो हुन्छ’

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक

रूपन्देहीबाट ८३ फरार प्रतिवादी पक्राउ, फैसला कार्यान्वयनमा जोड

रूपन्देही– जिल्ला प्रहरी कार्यालय रूपन्देहीले अदालतको फैसला कार्यान्वयनका क्रममा गत

यमनमा साउदी हवाई आक्रमण तीव्र

यमन- यमनमा हुथी विद्रोही र साउदी नेतृत्वको गठबन्धनबीचको तनाव चर्किँदै गएको