फिलिपिन्समा भूकम्प, ८ जनाको मृत्यु « Khabarhub

फिलिपिन्समा भूकम्प, ८ जनाको मृत्यु


९ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फिलिपिन्स– फिलिपिन्समा ६.३ म्याग्निच्युडको भूकम्प जाँदा ८ जनाको ज्यान गएको छ । राजधानी मनिलाबाट ६० किलोमिटर उत्तर पश्चिममा ४० किलोमिटर गहिराईलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको बताइएको छ ।

भूकम्पको केन्द्रविन्दु रहेको पामपाङ्गा प्रान्तका दुई शहरमा केही भवन भत्केको भवनको भग्नावशेषबाट ८ शव निकालिएको प्रहरीले जनाएको छ ।

भूकम्पपछि त्यस क्षेत्रमा विद्युत तथा यातायात सेवा प्रभावित भएको तथा केही पूर्वाधारमा क्षति पुगेको अधिकारीले जनाएका छन् ।

भूकम्पपछि भत्केका भवनबाट दर्जनौं मानिसहरुको उद्धार गरिएको तथा भवनमा अरु ३० जनाभन्दा धेरै मानिसहरु फसिरहेको हुनसक्ने आशंका गरिएको छ ।

त्यस्तै पामपाङ्गा प्रान्तमा रहेको विमानस्थल पनि अनिश्चितकालका लागि बन्द गरिएको छ । यसबाट इष्टरको विदा मनाउन गएका मानिसहरु प्रभावित भएका छन् ।

प्रकाशित मिति : ९ बैशाख २०७६, सोमबार  ८ : ४३ बजे

चुमनुब्रीको फिलिममा मोटर पुग्यो

गोरखा – चुमनुब्री गाउँपालिकाको केन्द्र सिर्दिवासको फिलिममा मोटर पुगेको छ

सदन प्रतिपक्षको हुनेछ, पहिलो बैठक छिटो बोलाउनु : हर्क साम्पाङ

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभाको

निर्वाचन सम्पन्न गर्नु मुख्य उपलब्धि : गृहमन्त्री अर्याल

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले आफ्नो १९१ दिने कार्यकाल सफलतापूर्वक

गायक विजय लामा अमेरिकामा सम्मानित

काठमाडौं – गायक विजय लामा अमेरिकाको न्यूयोर्क सिटीमा सम्मानित भएका

भदौ घटनाले देशलाई सिकाएको पाठ महत्त्वपूर्ण छ : प्रधानमन्त्री कार्की (पूर्णपाठ)

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले केही सन्तुष्टि र धेरै आशा