कारुणिक नरसंहारबाट जो भागेर बाँचिन् « Khabarhub

कारुणिक नरसंहारबाट जो भागेर बाँचिन्


८ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आजको अन्नपूर्ण पोस्टले पाँचथरको मिक्लाजु–३ को विभत्स हत्याको समाचारालाई मुख्य समाचारका रुपमा छापेको छ । ‘कारुणिक नरसंहार’ शीर्षकमा पत्रिकाले दुई घरमा सुतेका ९ जनाको हत्या भएको, नकावधारी व्यक्तिद्वारा खुकुरी प्रहार भएको उल्लेख गरेको छ । घटनापछि गाउँ शोकाकूल बनेको छ ।

नरसंहारमा बाँच सफल १२ वर्षीया सीता खजुमको दमकको लाइफ लाइन अस्पतालमा उपचार भइरहेको छ । उनलाई मंगलबार अपराह्न अस्पतालमा ल्याइएको थियो । सीताको हात भाँच्चिएको छ । प्रहरी निरीक्षक खगेन्द्र एक्तेनका अनुसार सीताले घटनाबाट बच्न भाग्ने क्रममा ठोक्किएर हात भाच्चिएको बताएकी छिन् । उनी मानसिरक रुपमा विक्षिप्त छिन् । नकावधारीले हत्या गरेको बताएकी छिन् ।

शरीरका अन्य कुनै पनि भागमा चोट नरहेको प्रहरीले जनाएकोछ । चिकित्सक र सुरक्षाकर्मीले उनलाई भेट्न कडाइ गरेका छन् । उनी आत्तिएको अवस्थामा रहे पनि शारीरिक रुपमा भने उनी खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।

त्यस्तै पत्रिकाले ‘विवादास्पद विधेयकमा राष्ट्रपतिको चासो’ शीर्षकमा अर्को समाचार पनि पहिलो पृष्ठमा छापेको छ । विवादस्पद देखिएका तीन वटा विधेयकमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट चासो व्यक्त भएको समाचारमा जनाइएको छ ।

राहदानी विधेयक, नेपाल मिडिया काउन्सिलसम्बन्धी कानून संशोधन र एकीकरण गर्न बनेको विधेयक र राष्ट्रिय मानवअधिकार आयोग ऐन २०६८ लाई संशोधन गर्न बनेको विधेयकमा राष्ट्रपतिबाट चासो व्यक्त भएको जनाइएको छ ।

त्यसैगरी पत्रिकाले पहिलो पृष्ठमै संक्षेप समाचारमा ‘संयुक्त सैन्य अभ्यास रोक्न माग’ शीर्षकमा समाचार छापेको छ । सत्तासीन नेकपाका प्रमुख सचेतक देव गुरुङले अमेरिकी र नेपालीसहित ६ राष्ट्रका सेनाको संयुक्त सैन्य अभ्यास रोक्न माग गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा गुरुङले संयुक्त सैन्य अभ्यासले राष्ट्रिय अस्मितामा असर पर्ने बताएका थिए ।

प्रकाशित मिति : ८ जेठ २०७६, बुधबार  ७ : ०६ बजे

भोटेकोशी बाढी : सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीका कारण सुरक्षाकर्मी, कर्मचारी, जलविद्युत् आयोजनाको

भोटेकोशी बाढी : गोरखामा थप सात शव व्यवस्थापन

गोरखा – भोटेकोशी बाढीका कारण मृत्यु भई रसुवा, नुवाकोटलगायत क्षेत्रबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि’

दुबई – संयुक्त अरब एमिरेट्सले सोमबार आफ्नो क्षेत्रीय जलक्षेत्रमाथि रोक्का

बाढीको छैटौं दिन प्रधानमन्त्रीले भने : हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले बाढी प्रभावित नागरिकको खोज,