कारुणिक नरसंहारबाट जो भागेर बाँचिन् « Khabarhub

कारुणिक नरसंहारबाट जो भागेर बाँचिन्


८ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आजको अन्नपूर्ण पोस्टले पाँचथरको मिक्लाजु–३ को विभत्स हत्याको समाचारालाई मुख्य समाचारका रुपमा छापेको छ । ‘कारुणिक नरसंहार’ शीर्षकमा पत्रिकाले दुई घरमा सुतेका ९ जनाको हत्या भएको, नकावधारी व्यक्तिद्वारा खुकुरी प्रहार भएको उल्लेख गरेको छ । घटनापछि गाउँ शोकाकूल बनेको छ ।

नरसंहारमा बाँच सफल १२ वर्षीया सीता खजुमको दमकको लाइफ लाइन अस्पतालमा उपचार भइरहेको छ । उनलाई मंगलबार अपराह्न अस्पतालमा ल्याइएको थियो । सीताको हात भाँच्चिएको छ । प्रहरी निरीक्षक खगेन्द्र एक्तेनका अनुसार सीताले घटनाबाट बच्न भाग्ने क्रममा ठोक्किएर हात भाच्चिएको बताएकी छिन् । उनी मानसिरक रुपमा विक्षिप्त छिन् । नकावधारीले हत्या गरेको बताएकी छिन् ।

शरीरका अन्य कुनै पनि भागमा चोट नरहेको प्रहरीले जनाएकोछ । चिकित्सक र सुरक्षाकर्मीले उनलाई भेट्न कडाइ गरेका छन् । उनी आत्तिएको अवस्थामा रहे पनि शारीरिक रुपमा भने उनी खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।

त्यस्तै पत्रिकाले ‘विवादास्पद विधेयकमा राष्ट्रपतिको चासो’ शीर्षकमा अर्को समाचार पनि पहिलो पृष्ठमा छापेको छ । विवादस्पद देखिएका तीन वटा विधेयकमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट चासो व्यक्त भएको समाचारमा जनाइएको छ ।

राहदानी विधेयक, नेपाल मिडिया काउन्सिलसम्बन्धी कानून संशोधन र एकीकरण गर्न बनेको विधेयक र राष्ट्रिय मानवअधिकार आयोग ऐन २०६८ लाई संशोधन गर्न बनेको विधेयकमा राष्ट्रपतिबाट चासो व्यक्त भएको जनाइएको छ ।

त्यसैगरी पत्रिकाले पहिलो पृष्ठमै संक्षेप समाचारमा ‘संयुक्त सैन्य अभ्यास रोक्न माग’ शीर्षकमा समाचार छापेको छ । सत्तासीन नेकपाका प्रमुख सचेतक देव गुरुङले अमेरिकी र नेपालीसहित ६ राष्ट्रका सेनाको संयुक्त सैन्य अभ्यास रोक्न माग गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा गुरुङले संयुक्त सैन्य अभ्यासले राष्ट्रिय अस्मितामा असर पर्ने बताएका थिए ।

प्रकाशित मिति : ८ जेठ २०७६, बुधबार  ७ : ०६ बजे

निर्वाचन आयोगलाई अर्थमन्त्रीले भने- कम खर्चमा चुनाव सम्पन्न गराऔँ

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले प्रतिनिधिसभा सदस्य निर्वाचन मितव्ययी हुनुपर्नेमा जोड

नेकपा केन्द्रीय सदस्य रायसहितको टोली जसपा नेपालमा प्रवेश

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवम् पूर्व श्रममन्त्री रामेश्वर

निर्वाचन तालिका स्थगित गर्नुपर्ने माग लिएर देउवा समूह आयोग पुग्दै

काठमाडौं- नेपाली कांग्रेसको वैधानिकता गुमाएको शेरबहादुर देउवा समूहले फागुन २१

आनाको फिल्म ‘रमिताको पिरती’मा कुशलको र्‍याप

काठमाडौं – नायिका आना शर्मा स्टारर फिल्म ‘रमिताको पिरती’को शीर्ष

सुदूरपश्चिममा एमाले र नेकपाले टुङ्ग्याए उम्मेदवार

महेन्द्रनगर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम