मिन भामको फिल्मले जित्यो ६० हजार डलर « Khabarhub

मिन भामको फिल्मले जित्यो ६० हजार डलर


८ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – निर्देशक मीनबहादुर भामले फिल्म ‘एउटा चिसो वर्ष’ का लागि ६० हजार अमेरिकी डलर (लगभग ६६ लाख ८४ हजार ९ सय रुपैयाँ) जितेका छन् । फ्रान्समा जारी कान्स फिल्म फेस्टिभलमा भामको फिल्मले फिल्म निर्माणका लागि फण्ड (आर्थिक सहयोग) पाएको घोषणा गरियो ।

विश्वभरबाट समावेश ५२ वटा फिल्ममा सरफन्डले ६ वटा फिल्मलाई छनोटमा पारेको छ । ती ६ फिल्ममा नेपालका मीनबहादुर भामको ‘एउटा चिसो वर्ष’ छनोटमा परेको हो । यस्तै अन्य फिल्ममा अफगानिस्तानबाट द पोस्टम्यान, चीनबाट द स्टेन्जर, इजिप्टबाट एज आइ वान्ट, दक्षिण अफ्रिकाबाट हाउ टु स्टिल अ कन्ट्री र जर्जियाबाट भेन्स पनि छनोटमा परेका छन् ।

हराएका पति खोज्न निस्किएकी गर्भवती पेमा र भिक्षु कर्म हिमालयमा पुग्छन् । त्यसपछि उनीहरुको जीवनमा आउने मोडलाई फिल्मको कथावस्तु बनाइएको छ ।

निर्देशक भामले यसअघि ‘कालो पोथी’ र ‘सेतो सूर्य’ निर्माण गरेर चर्चा कमाएका थिए । यसअघि भामले ‘कालो पोथी’ का लागि बर्लिन फिल्म फेस्टिभल अन्तर्गत वर्ल्ड सिनेमा फन्डमार्फत ३९ लाख रुपैयाँ र स्वीट्जरल्याण्डको भिजन सुदबाट ५५ लाख बराबरको फन्ड जितेका थिए ।

प्रकाशित मिति : ८ जेठ २०७६, बुधबार  ११ : २९ बजे

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज शनिबार, शनिदेवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १७ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज १७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १७ गते शनिबार सन् २०२६