अमेरीकाका सबैभन्दा महँगा खेलाडी पुलिसिक चेल्सीमा आवद्ध « Khabarhub

अमेरीकाका सबैभन्दा महँगा खेलाडी पुलिसिक चेल्सीमा आवद्ध


८ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी-अमेरिकाका स्टार खेलाडी क्रिस्टियन पुलिसिक इङ्ग्लिस फुटबल क्लब चेल्सीमा आवद्ध भएका छन् । प्रिमीयर लिग क्लबसंग साँढे ५ बर्षको सम्झौता गर्दै पुलिसिक नयाँ सिजनका लागि स्टामफोर्ड ब्रिज आएका हुन् ।

जर्मन क्लब बोरुसिया डर्टमण्डबाट चेल्सीमा आवद्ध भएका उनले ५८ मिलियन पाउण्ड पारिश्रमीक पाएका छन् । उनी अमेरीकाबाट क्लब फुटबल खेल्नेमा सबैभन्दा महँगा खेलाडी पनि बनेका छन् ।

चेल्सीमा आवद्ध भएसँगै उनले स्टार खेलाडी इडन हर्जाडको स्तरमा पुग्ने इच्छा रहेको बताए । ‘हजार्डले चेल्सीमा जे गरे, त्यो अविश्वसनीय छ ‘, उनले भने, ‘उनी यस्ता छन्, जसलाई म हेर्न चाहन्छु र त्यस्तै बन्न ईच्छा राख्दछु ।’

हजार्ड युरोपा लिगको फाईनल खेल्दै स्पेनिस रियल मड्रिड जाने तयारीमा छन् । उनले पछिल्ला २० खेलमा डर्टमण्डबाट चार गोल गरेका छन् ।

प्रकाशित मिति : ८ जेठ २०७६, बुधबार  १० : ०५ बजे

‘राम नाम सत्य’को ‘धागोले बाटेको’ गीतमा विराज र सुपुष्पाको रोमान्स

काठमाडौं – चैत्र २७ गतेबाट प्रदर्शनमा आउन लागेको नायक विराज

बदर मत घटाउन गाउँगाउँमा स्वयम्सेवक परिचालन

वालिङ– जिल्ला निर्वाचन कार्यालय स्याङ्जाले बदर मतको सङ्ख्या घटाउन गाउँगाउँमा

लिचीबारी भ्रष्टाचार मुद्दामा रञ्जितालाई राहत, पाँच लाख धरौटीमा छोड्न आदेश

काठमाडौं- पोखरास्थित लिचीबारी बगानको जग्गा हडप्न बिचौलियासँग मिलेर घुस लेनदेनमा

व्यवसाय दर्ता प्रमाणपत्रबिना घरेलु मदिरा बिक्री गर्नेलाई कारबाही गरिने

राजविराज– स्थानीय प्रशासनले आसन निर्वाचनलाई लक्षित गरी व्यवसाय दर्ता प्रमाणपत्रबिना