सिरिया सरकारले रासायनिक आक्रमण गरेको संकेत देखियो : अमेरिकी विदेश मन्त्रालय « Khabarhub

सिरिया सरकारले रासायनिक आक्रमण गरेको संकेत देखियो : अमेरिकी विदेश मन्त्रालय


८ जेष्ठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


अमेरिका– अमेरिकाले सिरियामा जारी युद्धका क्रममा सिरिया सरकारले रासायनिक आक्रमण गरेको संकेत देखिएको आरोप लगाएको छ ।

अमेरिकी विदेशमन्त्रालयले जनाएअनुसार सिरिया सरकारले युद्धका क्रममा विषाक्त रासायनिक ग्याँस क्लोरिन र अन्य रासायनिक हतियार प्रयोग गरेको संकेत देखिएको छ ।

विदेश मन्त्रालयले सिरिया सरकारले हाल विद्रोहीको नियन्त्रणमा रहेको इडलिब प्रान्तमा जारी युद्धका क्रममा गत आइतबार यस्तो हतियार प्रयोग भएको संकेत देखिएको जनाएको हो । अमेरिकी विदेशमन्त्रालयका अनुसार यस्ता रासायनिक हतियारको प्रयोग भएकोबारे छानबिन भइरहेको र त्यो प्रमाणित भए अमेरिका र साझेदारले त्यसको कडा जवाफ दिने चेतावनी समेत दिनेछन् ।

त्यस्तै, अमेरिकाले सिरियामा जारी युद्धबारे दुष्प्रचार अभियान सञ्चालन गरेको भन्दै रुसको समेत आलोचना गरेको छ ।

पछिल्लो समय सिरिया सरकारले विद्रोहीको नियन्त्रणमा रहेको इडलिब प्रान्तमा व्यापक सैनिक आक्रमण गर्दै आएको छ ।

यसअघि पनि सिरिया सरकारले रासायनिक हतियार प्रयोग गरेको आरोप लाग्दै आएको छ । तर, सिरिया सरकारले भने यस्ता कुनै हतियार प्रयोग नगरेको स्पष्ट पार्दै आएको छ ।

अमेरिकाले यसअघि सिरिया सरकारले रासायनिक हतियार प्रयोग गरेको आरोप लगाउँदै सिरियामा दुई पटक क्षेप्यास्त्र आक्रमण गरिसकेको छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०७६, बुधबार  १ : ३५ बजे

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा