संस्कृत पढ्न कक्षाकोठा माग्ने विद्यार्थीलाई विद्यासुन्दरको उपहार– ‘वडा कार्यालय’ ! | Khabarhub Khabarhub

संस्कृत पढ्न कक्षाकोठा माग्ने विद्यार्थीलाई विद्यासुन्दरको उपहार– ‘वडा कार्यालय’ !




काठमाडौं– काठमाडौं महानगरपालिकाले वडा कार्यलय भवन बनाउन पशुपति क्षेत्रस्थित संस्कृत माध्यमिक विद्यालय (वेद विद्याश्रम) को जग्गामा डोजर चलाएको छ । महानगरपालिका र वडा कार्यलयले विद्याश्रमलाई जानकारी नदिइ गत वैशाख ३१ गते बिहानै डोजर चलाएको हो ।

विद्यालय हाताभित्र रहेको जग्गा अतिक्रमण भएको भन्दै विद्यार्थी, शिक्षक र स्थानीयहरुले विरोध गरेका थिए । तर, विरोधका बीच पनि महानगपालिकाका मेयर विद्या सुन्दर शाक्यले वडा कार्यलयको शिलान्यास गरे ।

काठमाडौं महानगरपालिका, वडा नम्बर ८ अन्तर्गत पर्ने सो विद्यालयको छात्रावाससँगै जोडिएको जग्गामा वडा कार्यलय बनाउने बारे केही जानकारी नभएको विद्यालयका संयोजक विष्णुप्रसाद पोखरेलले जानकारी दिए ।

‘के–को लागि डोजर चलाइयो भन्ने बुझ्न पशुपति क्षेत्र विकास कोष पुगेका थियौँ, कोषले पनि आफु जानकार नभएको र अनुगमनका लागि जाने आश्वासन दियो,’ उनले भने ।

डोजर चलाइरहँदा कोषले आफू जानकार नभएको भन्नु अनुचित रहेको उनले बताए । साथै कोष गएर अनुगमन गर्दागर्दै पनि जेठ १ गते डोजरले खनेको सो खाल्डोमा मेयरले भवन शिलान्यास गरेको उनको भनाइ छ ।

‘कोषबाट अब हाम्रो माग सुनुवाइ हुँदैन जस्तो लाग्यो । त्यसलगत्तै पुरातत्व विभाग, विश्व सम्पदा सूचीमा सूचीकृत क्षेत्र, गुठी संस्थान लगायतका निकायमा गइ जग्गा अतिक्रमण रोक्न आग्रह गर्यौं‍,’ खबरहबसँग कुरा गर्दै उनले भने ।

विद्यालयको रेखदेख गर्ने जिम्मा कोषलाई रहेको छ । विद्यालयका अनुसार कोषका सदस्य सचिव डा. प्रदीप ढकालले ०७३ साल माघ २ गते तत्कालीन सदस्य सचीव गोविन्द टण्डन रहेको समयमा ४ आना जग्गा सम्झौता भइसकेको र यसको जिम्मा अब कोषले नलिने जानकारी दिए ।

कोषले जानकारी दिएसँगै विद्यालयले संरक्षणका लागि विभिन्न निकायलाई ध्यानकर्षण गराइसकेको बताउँदै उनी भन्छन्, ‘विद्यालयको उत्तर–पश्चिम जमिन अतिक्रमण गरी कंक्रिटयुक्त भवन बनाउन लागेको र सो कार्यलाइ तत्काल रोकि विद्यालयको संरक्षणका निम्ति सबै निकायलाई पत्रचार गरिसकेका छौँ ।’

विद्यालय क्षेत्रमा ४९ रोपनी जग्गा थियो । सोही जग्गामध्ये महानगरीय प्रहरी वृत्त गौशाला र पशुपति विकास कोषको कार्यलय रहेको छ । हाल विद्यालयसँग ३१ रोपनी जग्गा रहेको छ । सोही जग्गामा वडा कार्यलय भवन निर्माण गर्न थालिएको हो ।

उनका अनुसार सो जग्गा गुठी सँस्थानको स्वामित्वमा विद्याश्रमको नाममा रहेको छ । हाल तैथानी गुठीअन्तर्गत विद्यालय क्षेत्रको जग्गाको लालपुर्जा विद्याश्रमसँग छ ।

नेपाल वेद विद्याश्रम संस्कृत माध्यमिक विद्यालयको स्थापना ०३१ सालमा भएको थियो । जुन ०५४ सालमा गुठी संस्थान मातहतमा सञ्चालित रहेको त्यसलगात्तै ०५६ सम्म विश्व हिन्दू महासंघले सञ्चालन गरेको थियो । ०५६ पश्चात भने कोषले व्यवस्थापन गर्दै आएको छ ।

विद्यालयमा विभिन्न ६० जिल्लाका ३ सय ९ जना विद्यार्थीहरु अध्ययनरत छन् । वेद, कर्मकाण्ड, ज्योतिष, अंग्रेजी, गणित, नेपाली लगायतका विषयहरुको पढाइ हुने विद्यालयका संयोजक पोखरेलले बताए ।

पोखरेलका अनुसार सो विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरु वेरोजगार हुनु परेको छैन । उनी भन्छन्, ‘संस्कृत पढेकाहरुको राम्रो माग छ अन्तर्राष्ट्रिय बजारमा पनि ।’

विद्यालयमा ३ आवासीयसहित १० ओटा भवन रहेका छन् । कक्षा १ देखि १० सम्म पढाइ हुने यस विद्यालयमा छात्र मात्र अध्ययन गर्छन् ।

‘विद्यालयको भौतिक संरचनाको अभावमा विद्यालयले शैक्षिक सत्र शुरु हुँदा कोटाभन्दा बढि विद्यार्थी थप्न सकेका छैन,’ खबरहबसँगको कुराकानीमा उनले भने ।

शिक्षक र विद्यार्थीले लामो समयदेखि विद्याश्रममा थप कक्षा कोठा माग गर्दै आएका थिए तर काठमाडौं महानगरपालिकाले भने त्यसकाे सट्टा विद्यालय परिसरमा वडा कार्यालय उपहार दिएको छ । महानगरले डोजर चलाएपछि विद्यार्थीहरुले आफूहरुलाई अध्ययन गर्ने कक्षाकोठाको व्यवस्था गर्न माग गरेका थिए ।

साथै अन्य स्थानमा जग्गा खाली हुँदाहँदै विद्यालय क्षेत्रमा वडा कार्यलय बनाउने काम अनयपयुक्त रहेको बताउँदै उनी भन्छन्, ‘शिक्षा र राजनीतिलाई एउटै क्षेत्रमा जोड्नु हुँदैन । विद्यालय परिसरभित्र कार्यलय भवन बन्दै छ, तर संरक्षण गर्ने निकाय भने जग्गा अतिक्रमण तिर लागेको छ ।’

प्रकाशित मिति : ८ जेठ २०७६, बुधबार  २ : ०९ बजे

राष्ट्रपति पौडेलद्वारा सेतो मच्छिन्द्रनाथको दर्शन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज सेतो मच्छिन्द्रनाथको दर्शन गर्नुभई

वनलाई हात्तीमैत्री बनाउनुपर्छ : राजेन्द्र लिङ्देन

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वन क्षेत्रलाई

स्थानीयस्तरबाट खेलाडी तयार गर्न राज्यले विशेष ध्यान दिनु आवश्यक छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदका माध्यमबाट देशलाई विश्वमाझ चिनाउन

देशैभर पुग्यो पाठ्यपुस्तक

भक्तपुर – जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले देशभर पाठ्यपुस्तक पुर्‍याएको

सुनिलको शानदार शतक, राजस्थानलाई विशाल लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले