पोखरा बसपार्क क्षेत्रका सुकुम्बासी हटाउने प्रक्रिया आइतबारदेखि अघि बढ्दै « Khabarhub

पोखरा बसपार्क क्षेत्रका सुकुम्बासी हटाउने प्रक्रिया आइतबारदेखि अघि बढ्दै


२७ भदौ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

कास्की – पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा लामो समयदेखि बसोबास गर्दै आएका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन प्रक्रिया पुनः अघि बढाउने भएको छ।

महानगरले गरेको छानबिनको अन्तिम प्रतिवेदन अनुसार बसपार्क क्षेत्रमा कुल ५६७ परिवारको बसोबास रहेको छ। जसमा १४४ परिवार भूमिहीन दलित, १८१ परिवार भूमिहीन सुकुम्बासी र २४२ परिवार अव्यवस्थित बसोबासी रहेका छन्। नगर कार्यपालिका बैठकले यी परिवारको विवरण प्रमाणीकरण गरिसकेको छ।

महानगर प्रमुख धनराज आचार्यले बसपार्क क्षेत्रमा रहेका वास्तविक भूमिहीन तथा सुकुम्बासी परिवारलाई वैकल्पिक व्यवस्था गरेर मात्रै साविकको स्थानबाट हटाइने बताए। उनका अनुसार जग्गा व्यवस्थापनका लागि केही स्थान पहिचान भइसकेको छ र जिल्ला भूमि आयोगमार्फत बाँकी प्रक्रिया आउँदो आइतबारदेखि अघि बढाइनेछ।

‘हालै भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण उद्धार र राहतमा केन्द्रित हुनुपर्दा बस्ती व्यवस्थापनको काम केही दिन रोकिएको थियो,’ प्रमुख आचार्यले भने, ‘अब भने बाँकी निर्णय प्रक्रिया पुनः सुरु हुनेछ।’ उनले मनसुन कमजोर भएसँगै फिर्के खोला सीमांकन तथा मापदण्ड कार्यान्वयनको बाँकी काम पनि सँगै अघि बढाउने जानकारी दिए।

पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणका लागि २०३२ सालमै जग्गा अधिग्रहण गरिएको थियो। तर, योजना बनेको पाँच दशक बितिसक्दा पनि सुकुम्बासी बस्ती र अतिक्रमणका कारण बसपार्क बन्न सकेको छैन। जसका कारण पृथ्वीचोकको सडकमै गाडी पार्क गरेर यात्रु ओसारपसार गर्नुपर्ने बाध्यता छ।

पछिल्लो समय महानगरले बसपार्कभित्रका अनधिकृत व्यापारिक सटरहरू हटाइसकेको छ। जमिन खाली गराएपछि दक्षिण कोरियाली विकास नियोग (कोइका) को सहयोगमा प्रविधिमैत्री र वातावरणमैत्री बसपार्क निर्माण गर्ने महानगरको योजना छ।

प्रकाशित मिति : २७ भदौ २०८३, शनिबार  ६ : ४५ बजे

इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता

काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम