लिबियाबाट उद्धार गरिएका १५ नेपाली स्वदेश आइपुगे « Khabarhub

लिबियाबाट उद्धार गरिएका १५ नेपाली स्वदेश आइपुगे


८ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगारीका लागि लिबिया गएर फसेका १५ जना नेपालीको उद्धार गरिएको छ ।

उद्धार गरिएका उनीहरुलाई बुधबार नेपाल ल्याएको हो । राम्रो काम र कमाइको प्रलोभन देखाएर लिविया दलालमार्फत पुगेका ती कामदार युद्धग्रस्त क्षेत्रमा अलपत्र परेसँगै उनीहरुलाई लिवियाको त्रिपोलीबाट उद्धार गरेर नेपाल ल्याइएको हो ।

नेपाल फर्किनेहरुमा गणेश थापा मगर, पूर्णबहादुर गुरुङ, अमृत गुरुङ, कृष्ण कोइराला, राजु विश्वकर्मा, भुवन आचार्य, सनम विश्वकर्मा, बुद्धिबहादुर क्षेत्री अधिकारी, गुप्तबहादुर बिक, राजु विष्ट, शेखर खरेल, जयराम धामी, प्रकाश विश्वकर्मा, अजयकुमार चौधरी र मनोहर कार्की रहेका छन् । अलपत्र १५ जना नेपालीलाई आइओएमले नै शरण दिएको र नेपाल फर्किन हवाई टिकटको व्यवस्था समेत गरेको इजिप्टस्थित नेपाली दूतावासले जनाएको छ ।

युद्धग्रस्त देशमा पुगेका १५ जना नेपाली कामदारको इजिप्टको कायरोस्थित नेपाली दूतावास, अन्तर्राष्ट्रिय आप्रवासी संघठन (आइओम), लिवियाली प्रहरी र नेपाली शान्ति सेनाको सयंक्त टोलीले उद्धार गरी आइएमओको वेश क्याम्पमा राखेर नेपाल फकाइएको दूतावासले जानकारी दिएको छ ।

उद्धार गरिएका सबै १५ नेपालीको मेडिकल जाँच गरि सवै कागजपत्र बनाएर लिवियाबाट टर्की हुँदै बुधबार बिहान ८ बजे काठमाडौं पठाइएको थियो । उनीहरु कसरी र कोमार्फत लिबिया पुगेका हुन भनेर अनुसन्धान भइरहेको दूतावासले जानकारी दिएको छ ।

प्रकाशित मिति : ८ जेठ २०७६, बुधबार  ३ : ३३ बजे

३ वर्षीया बालिका हत्या प्रकरण : मुख्य प्रतिवादी चौधरी २० हजार धरौटीमा छुट्ने

बारा – सिमराकी तीन वर्षीया बालिकाको अपहरण, जबरजस्ती करणी तथा हत्या

४८ जिल्लामा राप्रपाको अधिवेशन सम्पन्न, कहाँ को बने जिल्ला अध्यक्ष ?

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले देशका ४८ जिल्लामा जिल्ला अधिवेशन

जलविद्युत् र पूर्वाधारमा जलवायु उत्थानशील योजनामा सहमति

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र राष्ट्रिय योजना आयोगबीच जलविद्युत्

बटेश्वर पालिकाले बाढीपीडितलाई बीस लाख प्रदान गर्ने

जनकपुरधाम– धनुषाको बटेश्वर गाउँपालिकाले  भोटेकोशी बाढीपीडितलाई  २० लाख ३० हजार ५५४

भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण

भक्तपुर- जिल्ला प्रशासन कार्यालय भक्तपुरले मध्यपुर थिमिस्थित मध्यपुर ब्याङ्क्वेटमा राखिएका ६०