९ महिनामा साँढे ६ खर्ब रेमिट्यान्स भित्रियो « Khabarhub

९ महिनामा साँढे ६ खर्ब रेमिट्यान्स भित्रियो


८ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको ९ महिनामा ६ खर्ब ५३ अर्ब १९ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको जनाएको छ । वैदेशिक रोजगारीमा गएका कामदारले ९ महिनाको अवधिमा सो बराबरकाे रकम नेपाल पठाएका हुन् ।

गत आर्थिक वर्षको तुलनामा चालू आवको नौ महिनामा २०.९ प्रतिशतले विदेशबाट भित्रिएको रेमिट्यान्स बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा अवधिमा रेमिट्यान्स ५.६ प्रतिशतले बढेको थियो । अमेरिकी डलरको मूल्य वृद्धि हुदाँ विप्रेषण आप्रवाह २०.९ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले हालै सार्वजानिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।

अन्तिम श्रम स्वीकृति संस्थागत तथा व्यक्तिगतका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ३९ प्रतिशतले घटेको राष्ट्र बैंकले उल्लेख गरेको छ । रोजगारीमा जाने कामदारको संख्या घटेपनि रेमिट्यान्समा भने असर नपरहेको बैंकले जनाएको छ ।

प्रकाशित मिति : ८ जेठ २०७६, बुधबार  ४ : ३६ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु